६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

पोखरामा बस दुर्घटना


७ फाल्गुन २०७९, आइतबार  

0
Shares

पोखरा । पोखराको बेगनास(पोखरा सडकखण्डमा बस दुर्घटना भएको छ ।

करिब ४५ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकी शिशुवा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनाका घाइतेलाई उद्धार गर्ने क्रम चलिरहेको र थप जानकारी आउन बाँकी रहेको कास्की प्रहरीले जनाएको छ ।

बस बेगनास तालबाट पोखरातर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ११ : ०९ बजे