एकैदिन नेपालमा १,९११ संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)

Facebook Debugger

काठमाडौँ । नेपालमा थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप १ हजार ९ सय ११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ । संक्रमितमध्ये ५७ हजार ३ सय ८९ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५ सय ९ जनाको मृत्यु भएको छ ।

प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर ९ सय ६१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हेर्नुहोस कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार