क्याप्टेन विजय लामाले कोरोनालाई जिते

Facebook Debugger

काठमाडौँ । वरिष्ठ पाइलट विजय लामा कोरोना संक्रमणलाई जितेका छन् ।

कोरोना संक्रमणलाई जितेसँगै उनी ललितपुरस्थित स्टार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

उनी भदौ २९ मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । १८ दिनसम्म अस्पतालमा रहेका लामा बिहीबार निको भएर डिस्चार्ज भएका हुन् ।

उनले कयौँ पीडाबीच आफूले कोरोनासँग हरेक दिन संघर्ष गरेर जितेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

‘मैले हरेक दिन कोरोनासँग लडिरहेँ। अनेक दुःख र कष्टबीच कोरोनासँगको संघर्षमा हार मानिनँ’, उनले भनेका छन्, ‘यसबीचमा मैले भोगेका कष्टप्रद क्षणहरू अनगिन्ती छन्, कोरोनाले गलाउन खोजिरहँदा पनि मैले निरन्तर संघर्ष गरेर जितें ।’

उनले कोरोनाविरुद्धको लडाईँमा आफूलाई साथ दिने स्टार अस्पतालका नर्स र डाक्टरहरुलाई सम्झिँदै कुशल चिकित्सकीय उपचारको पनि प्रशंसा गरेका छन् । उनले आफ्नो स्वास्थ्य लाभका लागि कामना गर्ने सबैलाई आभार व्यक्त गरेका छन् ।

‘नेपाल र विश्वका अन्य भागहरूबाट मेरा लागि गरिएका प्रार्थना र प्रेमले मलाई कोरोनासँग लडिरहन असीम बल प्रदान गर्यो,’ उनले भनेका छन्, ‘ती सबै प्रार्थना र शुभेच्छाले मलाई मिलेको हौसला र ऊर्जाका कारण अस्पतालबाट डिस्चार्ज हुँदैछु ।’

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार