काठमाडौँमा १००१ सहित उपत्यकामा १,११७ संक्रमित थपिए

Facebook Debugger

काठमाडौँ । गएको २४ घण्टाको अविधमा काठमाडौँ उपत्यकामा १ हजार १ सय १७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै काठमाडौँ जिल्लामा मात्र १ हजार १ सहित उपत्यकामा १ हजार १ सय १७ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

काठमाडौँमा ४ सय ५ महिला र ५ सय ९६ पुरुषसहित १ हजार १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भक्तपुरमा ३५ महिला र ३२ पुरुषसहित ६७ जनामा कोरोना संक्रमण भएको छ ।

ललितपुरमा ४७ महिला र ६२ पुरुषसहित १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरि बितेको २४ घण्टामा २ हजार १ सय २० संक्रमित थपिएका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा थप ८ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय २८ पुगेको छ ।

एकैदिन २ हजार ४४ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ ।

अहिले २१ हजार ३ सय २ जनामा सक्रिय संक्रमण छ । उनीहरुको विभन्न अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार ४ हजार २ सय ७३ जना क्वारेन्टिनमा छन् भने २१ हजार ३ सय २ जना आइसोलेसनमा छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार