एकैदिन देशभर थपिए २४४० संक्रमित, कहाँ कति थपिए हेर्नुहोस (विवरणसहित)

Facebook Debugger

काठमाडौँ । नेपालमा एकैदिन देशभर २ हजार ४ सय ४० संक्रमित थपिएको जानकारी दिएको छ । अब नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै एकै दिन थप २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

त्यस्तै नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ४५ जना पुगेको छ ।

त्यस्तै एकैदिन १ हजार १ सय ३३ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६५ हजार २ सय २ जना पुगेको छ ।

अहिले नेपालमा २३ हजार ५ सय ७ जनामा सक्रिय संक्रमण छ । उनीहरु संस्थागत तथा होम आइसोलेसनमा छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार