कस्तो अचम्म २८ वर्षीया सोमिकाले जन्माइन् ५ शिशु !

Facebook Debugger

काठमाडौँ । तपाईं हामीले एक महिलाले ३ वा ४ जनासम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौं । सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ३ र ४ नभई एकै साथ ५ जना शिशु जन्माएकी छिन् ।

उहाँले सोमबार अस्पतालमा शल्यक्रियामार्फत ५ शिशुलाई जन्म दिएको अस्पतालका निर्देशक डा. सङ्गीताकौशल मिश्रले जानकारी दिइन् । तीमध्ये एक मृत जन्मिएका छन् । बाँकी ४ भने सकुशल छन् । उनका अनुसार अहिले आमा र शिशुको अवस्था सामान्य नै रहेको छ । ‘आमा र बच्चाको अवस्था राम्रो छ । अक्सिजन दिनुपरेको छैन,’ उनले भनिन्, ‘अहिले बच्चाहरुलाई शिशु उपचार सघन कक्षमा राखिएको छ ।’

डा. मिश्रका अनुसार एक महिलाबाट पाँच शिशु विरलै जन्मन्छन् । जीवित शिशुमा ४ जना छोरी हुन् । ती शिशुमध्ये क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्राको आठ सय ग्राम, तेस्राको १.९ किलोग्राम र चौथाको १.६ ग्राम छ । डा. मिश्रका अनुसार यसअघि तामाङको दुई पटकसम्म शिशु नजन्मेर खेर गएको थियो ।

अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा डा. दिप्ति श्रेष्ठ, डा. नमिता सिङ्देन र डा. मुकेश कुमारले शल्यक्रिया गरेका थिए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार