बरिष्ठ कलाकार हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण !

Facebook Debugger

काठमाडौं । अभिनेता हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

फेसबुकमा स्टाटस लेख्दै आचार्यले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

मंगलबार लेखिएको स्टाटसमा स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । हरिवंशले फेसबुकमा लेखेका छन् ‘यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्नुहुन अनुरोध छ ।’

उनले आफूहरुको सम्पर्कमा रहेकाहरुलाई होम आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरेका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार