७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

माओवादी घटकहरुले गर्ने भनिएको अन्तर्क्रिरया स्थगित



काठमाडौं । माओवादी घटकहरुले आज गर्ने भनिएको अन्तर्क्रिरया कार्यक्रम स्थगित भएको छ ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आजका लागि तय भएको अन्तर्क्रिरया कार्यक्रम स्थगित भएको जानकारी दिएको हो । कार्यक्रम स्थगित हुनुको कारण भने खुलाइएको छैन ।

द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि नजिकिएका माओवादी घटकहरुको २६ फागुनमा बसेको बैठकले शान्ति प्रक्रियाका पक्षधर लगायतसँग ३० गते अन्तर्क्रिरया कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ५ : ३५ बजे