चौरीपालक व्यवसायी संगठित, याक तथा चौरीपालक व्यवसायी महासंघ गठन

Facebook Debugger


सोलुखुम्बु  । याक तथा चौरीपालक व्यवसायी संगठित भएका छन् । चौरी तथा याकपालक कृषकहरुको सल्लेरीमा भएको भेलाले नुरु शेर्पाको अध्यक्षतामा नेपाल याक तथा चौरीपालक व्यवसायी महासंघ गठन गरिएको हो । नव गठित महासंघको उपाध्यक्षमा दावा गेलु शेर्पा, महसचिबमा पेम्बा शेर्पा, सचिबमा कर्मा शेर्पा र कोषाध्यक्षमा थुतोप दोर्जे शेर्पालाई चयन गरिएको छ ।

यस्तै सदस्यहरुमा लिखुपिके गाउँपालिकाकका छिरी शेर्पा, माप्य दुधकोशीका दावा शेर्पा, सोलु दुधकुण्ड नगरपालिकाका पाल्देन शेर्पा र महाकुलुङ गाउँपालिकाका धनकुमार कुलुङ चयन भएका छन् ।

संघीय सांसद हेम कुमार राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सोलुखुम्बु जिल्लामा याक तथा चौरी पालक व्यवसायीको वर्तमान अवस्था, सम्भावना र चुनौतीलाई समेटेर तयार पारिएको कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्र अनुसार हाल सोलुखुम्बु भरि चौरी तथा याक गरी करिब ५ हजार पालिएका छन् । विगतको तुलनामा याक तथा चौरी पालनमा करिब ९० प्रतिशतले गिरावट आएको छ ।

यो व्यवसायमा कृषि पर्यटनको प्रचुर सम्भावना, स्वदेशमै लगानी गरी रोजगारी बृद्धि गर्ने, पोषिलो, शुद्ध र स्वस्थकर दुग्धजन्य वस्तुको मुलुकभरि आपूर्ति गरी देशलाई दुध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउने सकिने जस्ता सम्भावना भएपनि स्थानीय तह तथा अन्य सरकारी नियकाबाट पर्याप्त अनुदानको व्यवस्था नहुनु, सरकारी तथा सामुदायिक वनको ऐन नियम चौरीपालन व्यवसायीमैत्री नहुनु जस्ता समस्याले गाँजिएको नव निर्वाचित महासचिव पेम्बा शेर्पाले बताउनुभयो ।

सोलुखुम्बु जिल्लाको पर्यटन, आर्थिक उपार्जन र इतिहाससँग जोडिएको याक तथा चौरीपालन व्यवसायलाई समयमा नै सम्बन्धित निकायले ध्यान दिन नसके लोप हुने खतरा रहेको उहाँले बताउनुभयो ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार