सोताङमा स्वास्थ्य शिविर सञ्चालन हुने

  सगरमाथा अनलाईन
238 Shares

सोलुखुम्बु । जिल्लाको सोताङ गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । सोताङ गाउँपालिकास्थित वडा नं ३ वडा पालिकाले स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।

यसअघि वडा पालिकाले फागुन ३० गते स्वास्थ्यशिविर सञ्चालन गर्ने भनिए पनि सोहि समयमा सोताङ गाउँपालिकाकै वडा नं. ४ नाम्लुङमा स्वास्थ्य शिविर राखिएकाले स्वास्थ्य शिविर एक हप्ता सारिएका वडा नं. ३ का वडा अध्यक्ष गोकर्ण बस्नेतले बताए ।

स्वास्थ्य शिविर यही चैत्र ८ र ९ गते सञ्चालन गरिने पनि अध्यक्ष बस्नेतले बताए । स्वास्थ्य शिविर आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं. ३ मा सञ्चालन गरिने छ । स्वास्थ्य शिविरमा गाइनो, आँखा, मुटु, फोक्सो र जनरल सेवा दिइने बताइएको छ ।

स्वास्थ्य शिविर डा. प्रशंसा थापाको संयोजकत्वमा १० जना डाक्टर लगायत स्थानीय स्वास्थ्यकर्मीको उपस्थिति रहने छ ।

हेर्नुहोस सूचना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार