एकै दिन नेपालमा यति धेरै कोरोना संक्रमित, ४,३६४ संक्रमितमध्ये कहाँ कति थपिए ? (विवरणसहित)

नेपालमा कोरोना संक्रमितको संख्या ९८,६१७ पुग्यो !

Facebook Debugger

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ८४ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७१ हजार ३ सय ४३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ५ सय ९० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको विवरण यस्तो छः

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार