५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

जनताले प्रतिवाद गर्न नपरोस् :के पी ओलीको


३ चैत्र २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘देश अर्कालाई जिम्मा लगाइदिऊँ’ भनेर अभियान चलाउनेहरुलाई तत्काल नियन्त्रणमा लिन माग गरेका छन् । नभए जनताले प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले देशद्रोही अभियानबारे सरकारलाई थाहा छ कि छैन भनेर प्रश्न गरेका छन् । ‘यो देशको सन्तान भन्न पनि नसुहाउने, देशद्रोही कुरा गरेर हिँडेको छ । सरकारले लगाएको कि नलगाएको रु सरकार सुन्छ कि सुन्दैन रु’, उनले भने, ‘जनताले प्रतिवाद गर्न नपरोस्, शान्ति सुव्यवस्था कायम राख्न सरकारले ध्यान देओस् ।’

सार्वभौसत्ता, राष्ट्रियताविरुद्ध कोही चम्किँदै हिड्छ भने जनताले प्रतिवाद गर्ने उनले बताए । ‘कुनै बैंकका डिफल्टर हुन् कि जो सुकै हुन्, कसैलाई पनि जनताले सहन सक्दैन’, एमाले अध्यक्ष ओलीले भने, ‘लडेर बचाएको देश हो, साग र साइकल सस्तो पाइन्छ रे १ यो देशको अन्न खाएर जन्मिएको हुँ भन्ने मान्छे कसरी बोल्न सक्छ यो देश अर्कालाई जिम्मा लगाइदिऊँ ।’

यस्तो अभियान चल्दा पनि सरकार कानमा तेल हालेर बसेको भन्दै उनले प्रश्न गरेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १० : ५० बजे