पत्रकार अनुजले मागे मा’फि, आइन्दा ग’ल्ती नगर्ने प्रतिवद्धता

Facebook Debugger

सोलुखुम्बु । विगत लामो समयदेखि आफूले गर्दै आएको विभिन्न गलत कार्यका लागि पत्रकार अनुज खड्काले सार्वजनिक रुपमा माफि मागेका छन् । आफूले विभिन्न समयमा अफवाह फैलने र बिना प्रमाणका विभिन्न सामग्री प्रकाशन तथा प्रसारण गरेको भन्दै यसका लागि क्षमायाचना गरिदिन भनि उनले आम माफि मागेका हुन् ।

केही वर्षयता सोलुखुम्बुमा रहेर संचार क्षेत्रमा उपस्थिति जनाइरहेका खड्काले पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा), सोलुखुम्बुको जिल्ला कमिटीको बैठक चलिरहँदा आफ्नो फेसबुक अकाउन्टबाट ‘नेकपाको जिल्ला कमिटी सदस्य १ लाखमा बिक्र भएको’ टिप्पणी गरेका थिए । उनले लेखेका छन्- ‘नेकपा सोलुखुम्बुको जिल्ला कमिटी सदस्य १ लाखमा बिक्रि हुन्छ भन्ने सुनियो त ? म पनि १ लाख दिन्छु जिल्ला कमिटीमा छिराउनुप¥यो ।’ खड्काको यस्तो टिप्पणी आएलगत्तै नेकपाका कार्यकर्ताहरुले यसबारे छानबीन गरेका थिए । तर छानबीनका क्रममा खड्काले आफूसँग कुनै प्रमाण नभएको र मादक पदार्थ सेवन गरेको समयमा लेखेको बताएपछि मौखिक उजुरीको आधारमा उनलाई प्रहरी कार्यालय, सोलुखुम्बुले असोज २० गते दिउँसो नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुमा असोज २१ गते दुवै पक्षबीच भएको छलफलको क्रममा पीडित पक्षसँग क्षमा माग्दै आफूलाई पटक पटक सचेत गराएको भए पनि आफूले सुध्रन नसक्दा प्रहरीको नियन्त्रणमा पुग्नु परेको खाड्काले स्वीकार गरे । छलफलमा उनले ‘मैले विगतमा पनि धेरै गल्ति गरेको छु । आगामी दिनमा म यस्तो गल्ति गर्ने छैन’ भनी माफिसमेत मागेका थिए । लगत्तै उनले आफ्नो फेसबुक अकाउन्टमार्फत पनि माफि मागेका छन् । उनले लेखेका छन्– ‘नमस्कार ! म अनुज खड्का । पेशाले एक पत्रकार । तर केही दिनअघि मैले मेरो व्यक्तिगत फेसबुक एकाउन्टबाट सार्वजनिक गरेको आधारहीन सामग्रीले धेरै मानिसको राजनीतिक जीवनमा क्षति पुगेको र उहाँहरुको समाजप्रतिको योगदानलाई अवमूल्यन गरेको ठहर भएकाले म सार्वजनिक रुपमा नै क्षमा चाहन्छु । …मैले सीमा नाघेर लेख्न पुगेछु । …यस्ता गल्ती कहिल्यै नदोहो¥याउने प्रण गर्दछु ।’

पत्रकारको खोल ओढेर विभिन्न माध्यमबाट निराधार सामग्री प्रकाशन तथा प्रसारण गर्ने पत्रकारहरुलाई पत्रकारहरुकै संगठनले बचाउन गर्ने वातावरण नभएकोप्रति नेपाल पत्रकार महासंघ, सोलुखुम्बुका उपाध्यक्ष तथा प्रेस संगठन नेपाल, सोलुखुम्बुका संयोजक भोजराज कार्कीले दुःख व्यक्त गरेका छन् । सोलु एफएमका स्टेशन म्यानेजरसमेत रहेका कार्कीले भने- ‘पत्रकार आचारसंहिता विपरित काम गर्ने जोकोही पत्रकारहरुलाई अब पत्रकारहरुकै संगठनले कानुनको दायरामा ल्याउनु पर्ने परिस्थिति सिर्जना भएको छ । पत्ररकारको खोल ओढेर अराजकता फैलाउने र पत्रकारितामा सामाजिक दायित्वको उछितो काड्दै समाजमा अराजक गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याउनका लागि कुनै कसुर बाँकी राखिने छैन ।’

गोरखा जिल्ला घर भई सोलुखुम्बुबाट संचार कर्म गरिरहेका खड्का भूमे अनलाइन डट कमका प्रवन्ध निर्देशक पदमा कार्यरत छन् । भुमे समाचार डट कम नामक अनलाइनमा आवद्ध खड्काले बेलाबखत आफूले लेखेको कुराले समाजमा कस्तो प्रभाव पर्छ वा व्यक्तिको चरित्रमाथि के असर पुग्छ ? भन्ने ख्याल नगरी नहुँदा माफि माग्नुपरेको खुलाए ।

सामाजिक संजालहरु फेसबुक, युट्युब, ट्विटरजस्ता माध्यमहरु संचारको परिभाषाभित्र नपर्ने भएको हुँदा यस्ता संजालहरुमार्फत सम्पे्रषित सामग्रीमाथि पीडित पक्षले उजुरी दिएको खण्डमा साइबर क्राइमअन्तर्गत मुद्दा चल्ने गर्दछ । यद्यपि दर्ता भएका र सूचिकरणमा परेका संचारगृहहरुको आधिकारिक फेकसबुक अकाउन्ट, युट्युब च्यानलजस्ता माध्यममा प्रकाशित÷प्रसारित सामग्रीमाथि प्रेस काउन्सिल नेपालले स्वनियमन भने गर्दै आएको छ । तर यो बाध्यकारी होइन ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार