अवैधानिक नियुक्ति खारेज गर्न माग

112 Shares

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा सरकारले पदाधिकारी पदपूर्ति सम्बन्धमा अयोग्य व्यक्तिहरु नियुक्त गरेको भन्दै संयुक्त संघर्ष समितिले खारेजीको माग गरेको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै समितिले ऐन मिचेर गरिएको नियुक्ति प्रक्रिया बदरको लागि सर्वोच्च अदालतमा रिट हालेकोसमेत जानकारी दिएको हो ।

सो संघर्ष समितिका संयोजक जीवन थापाले सरकारद्वारा गरिएका कुलपति लगायतका नियुक्ति प्रचलित ऐन तथा कानून मिचेर गरिएकोले त्यसलाई बदर गरी नीति र विधिअनुसार गर्न माग गरेका छन् ।

संयोजक थापाले नाम सिफारिस समितिले झ्यालबाट छिरेर राम्रा भन्दा आफ्ना मान्छे प्रवेश गराएको आरोप लगाउँदै भने, ुप्रज्ञा प्रतिष्ठानमा योग्य भन्दा अयोग्य ब्यक्तिहरु आएपछि हामीले सरकारसँग सूचना माग्यौं, तर सूचना पनि सही नदिनु भनेको कतै र कसैको खेल छ भन्ने पुष्टि भएको छ भने ।ु

संघर्ष समितिका सल्लाहकार तथा नाटककार विजय विष्फोटले प्रचलित ऐन तथा कानूमा नियुक्ति प्रक्रिया प्रष्ट भए पनि त्यसलाई लत्याएर सरकार अघि बढेको आरोप लगाए । विष्फोटले नियुक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुलाई नै जनकारी नभएको बताउँदै भने, ुनियुक्तिको मुख्य अधिकार प्रधानमन्त्रीको हो, तर उहाँलाई नै सम्बन्धित पक्षले यसबारे जनकारी नै नदिनु झन् ठूलो भूल हो ।

त्यसैगरी सामाजिक अभियान्ता तेजराज भूजेलले रंगकर्मी तथा कलाकार देशका गहना भएपनि राज्यले समय आएपछि वास्तविक कलाकारलाई नचिन्नु दुःखद भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार