बाँकेमा कोरोनाबाट थप २ को मृत्यु, २० जना सिकिस्त !

Facebook Debugger

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं. ८ निवासी ७१ वर्षीया महिलाको गए राति मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले दिएको जानकारी अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत पुरुषको शनिबार राति ९ः५५ बजे मृत्यु भएको थियो । त्यसको ५ मिनेटको अन्तरमा १० बजे अर्की महिलाको पनि ज्यान गयो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि पिसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना संक्रमण देखिएको थियो ।

दुवै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारको आवश्यक उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नआई मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।

योसहित बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको संख्या १२ छ ।
बाँकेको भेरी अस्पतालमा ८ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी २० संक्रमित सिकिस्त अवस्थामा उपचाररत छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार