नेपालमा एकैदिन ४०४७ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ?

नेपालमा कोरोना संक्रमितको संख्या १,११,८०२ पुग्यो !

Facebook Debugger

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३३ हजार ८ सय ८० रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७७ हजार २ सय २७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६ सय ४५ पुगेको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांकः

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार