कोरोनाबाट एकैदिन ९ जनाको मृत्यु

नेपालमा ज्यान गुमाउनेको संख्या ६४५ पुग्यो !

Facebook Debugger

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६ सय ४५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ महिला र ७ जना पुरुषको कोरोनाले मृत्यु भएको छ । जसमा सुनसरीका ३ जना पुरुष रहेका छन् भने काठमाडौंका एक महिला र २ जना पुरुष रहेका छन् ।

यसैगरी ललितपुरका १ जना पुरुष, चितवनकी एक महिला र रुपन्देहीका एक पुरुषको कोरोनाले मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार