नेहाको विवाह हुनेभएपछि पूर्वप्रेमीले के भने ?

Facebook Debugger

काठमाडौं । बलिउडकी चर्चित गायिका नेहा कक्कड ब्रेकअपको खबरपछि लगातार चर्चामा रहिन् ।

ब्रेकअपले उनका पूर्व प्रेमी हिमांश कोहली र नेहाले एकअर्कालाई दोष थोपरे । तर अहिले नेहा जीवनमा अगाडी बढेकी छन् । उनको जीवनमा फेरी एक पटक प्रेमले प्रवेश पाएको छ ।

भारतीय समाचार एजेन्सिका अनुसार नेहाले यहि अंग्रजी महिनामा विवाह गर्दैछिन् । रोहनप्रित सिंह नामक पञ्जाबी गायकका साथ नेहा अक्टोबर २४ तारिखमा विवाह बन्धनमा बाधिने छिन् ।

यस खबरको सार्वजनिकपछि नेहाका पूर्वप्रेमी हिमाशंले उनको विवाहको खबरले आफूलाई खुसी तुल्याएको बताएका छन् ।

नेहा अगाडी बढ्दा आफुलाई समेत निकै खुसी हुने भन्दै हिमाशंले उनका साथमा प्रेम गर्ने व्यक्ति हुनु सुखद समाचार भएको प्रतिक्रिया दिएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार