हिमालयन संस्था पैयाँको सहकार्यमा बाढि पहिरो पिडितलाई राहत वितरण

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं. १ जौबारी स्थित बाढि पहिरो पिडित ७ घरपरिवारलाई आर्थिक सहयोग गरिएको छ ।

अमेरिकामा बस्दै आएका मिङ्गमारछिरिङ शेर्पा र गेल्जेन शेर्पाको अगुवाइ तथा हिमालयन सामुदायिक संस्थाको सहकार्यमा बाढि पहिरो पिडित ७ घरपरिवारलाई प्रति घरपरिवार ३७ हजार ७ सय ४० रुपैयाँ आर्थिक सहयोग गरिएको हो । प्राकृतिक विपत्तीमा परि अति समस्या भोगिरहेका ७ घरपरिवारलाई अमेरिकामा रहेका मनका धनी शेर्पाहरुको आर्थिक सहयोगमा पिडितलाई सहयोग गरिएको हिमालयन सामुदायिक संस्थाका संयोजक फुनुरु शेर्पाले बताए ।

आर्थिक सहयोग पाउनेहरुमा पासाङनाम्गेल शेर्पा, ल्हेमी शेर्पा, पेम्बागेल्जेन शेर्पा, ङवाङशेरा लामा, ङिमातेण्डी शेर्पा, दारिन्जी शेर्पा र फुरिन्जी शेर्पा (ङिमतेण्डि बुबा) परिवारलाई आर्थिक सहयोग गरिएको संयोजक शेर्पाले बताए । आर्थिक सहयोग पाउनेहरु खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं. १ स्थित जौबारीका स्थायी बासिन्दा हुन् ।

बुम्बुरी सोलुखुम्बु स्थायी घर भई हाल न्यूजर्सी अमेरिकामा बस्दै आएका छोड्बा शेर्पा र लाक्पा याङ्जी शेर्पाले २९,१६५, खरिखोला जौबारी स्थायी घर भई हाल फिस्किल न्यूयोर्क अमेरिका बस्दै आएका मिङ्मार र दाली शेर्पाले २५,४९१, खरिखोला बजार सोलुखुम्बु स्थायी घर भई हाल न्यूयोर्क अमेरिका बस्दै आएका आङग्याल्जेन शेर्पा र आङजाङ्मु शेर्पाले २५,४९१, खरिखोला कुपरा सोलुखुम्बु स्थायी घर भई हाल सिंयेटल अमेरिका बस्दै आएका ङिमदोर्जी शेर्पा र आङ फुर्वा शेर्पाले २५,०८२ र खरिखोला युल्तेङ सोलुखुम्बु स्थायी घर भई हाल कनेक्टिकेट अमेरिका बस्दै आएका पासाङ्कामी शेर्पा र छोक्पा शेर्पाले २५,०८२ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

त्यसैगरी खरिखोला सिक्ली सोलुखुम्बु स्थायी घर भई हाल न्यूयोर्क अमेरिका बस्दै आएका पेम्बाछिरी शेर्पा र पसाङ्ल्हमु शेर्पाले २५,०८२, पाङगोम सोलुखुम्बु स्थायी घर भई हाल न्यूयोर्क अमेरिका बस्दै आएका पेमायाङ्जी शेर्पाले २५,०८२, खरिखोला सिक्ली स्थायी घर भई हाल न्यूयोर्क अमेरिका बस्दै आएका साङगी शेर्पाले १७,६१६, खरिखोला युल्तेङ सोलुखुम्बु स्थायी घर भई हाल सिंयेटल अमेरिका बस्दै आएका पासाङरिन्जी शेर्पा र फुली शेर्पाले १२,२५० र बुम्बुरी सोलुखुम्बु स्थायी घर भई हाल न्यूयोर्क अमेरिका बस्दै आएका लामारिन्जी शेर्पा र आङदालीले १२,२५० रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

अमेरिकामा आर्थिक सहयोग संकलक मिङ्गमारछिरिङ शेर्पा र गेल्जेन शेर्पा परिवारका साथ ।

त्यस्तै खरिखोला बजार सोलुखुम्बु स्थायी घर भई हाल न्यूजर्सी अमेरिका बस्दै आएका पासाङतेन्डी शेर्पाले १२,२५०, खरिखोला सिक्ली सोलुखुम्बु स्थायी घर भई हाल न्यूयोर्क अमेरिका बस्दै आएका लाक्पानुरु शेर्पा (एल एन)ले ११,७८३, बुम्बुरी सोलुखुम्बु स्थायी घर भई हाल सिंयेटल अमेरिका बस्दै आएका गेल्जेन शेर्पा र आङ फुटी शेर्पाले ११,६६६ र खरिखोला सिक्ली सोलुखुम्ब स्थायी घर भई हाल कोरोलिना अमेरिका बस्दै आएका कामीछिरी शेर्पा र डोमा शेर्पाले ५,८३३ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । मनका धनी शेर्पाहरुले २ लाख ६४ हजार १ सय २३ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार