सोलुखुम्बुको एउटै गाउँपालिकामा ३५ हेलिप्याड

Facebook Debugger

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हमू गाउँपालिकामा मात्रै ३५ वटा हेलिप्याड छन् । खुम्बु क्षेत्रमा आउने पर्यटकलाई उद्धार तथा भ्रमण गर्न सहजताका लागि यत्ति धेरै हेलिप्याड बनाईएका हुन् । विश्वकै चर्चित पदयात्रामा पर्ने खम्बु ट्रेल यही गाउँपालिकामा पर्दछ । खुम्बु पासाङल्हमू गाउँपालिकाको वडा नं. ३, ४ र ५ मा ९/९ वटा हेलिप्याड छन् ।

खुम्बु पासाङल्हमूको वडा नं. ३ को मोन्जु, जम्फुडे, ठाक्तो, दोर्जी फोटाङ गुम्बा, यती माउण्टेन होम फाक्दिङ, ठाडो कोशी पावर हाउस, नाचीपाङ, महेन्द्रज्योति मावि, पेमा छोलिङ गुम्बा र नमस्ते लजमा गरी ९ वटा हेलिप्याड छन् । यस्तै वडा नं. ४ को गोक्यो, मर्छेर्मा, गोरक्सेप, फोर्चे, पाङबोचे, दिबुचे, दिङबुचे, लबुचे र फेरिचेमा गरी ९ वटा र वडा नं. ५ को नाम्चे, खुम्बु बिजुली कम्पनी, थामे, ठमो, यती माउण्टेन होम थामे, अपर थामे, मेण्डल्फु र एभरेष्टमा गरी ९ वटा हेलिप्याड छन् ।

वडा नं. १ को खरीखोला, बुक्सा, पैया र पाङ्गोम तथा वडा नं. २ को लुक्ला, सुर्के, स्याङमा र मुसेमा गरी ४/४ वटा हेलिप्याड रहेको जिल्ला विपद व्यवस्थापन समितिले प्रकाशन गरेको जिल्ला विपद पूर्वतयारी तथा प्रतिकार्य योजना पुस्तिकामा उल्लेख छ ।

यस्तै माप्य दुधकोसीमा १, थुलुङ दुधकोशीमा ५, लिखुपिकेमा ५ र महाकुलुङ गाउँपालिकामा ६ वटा हेलिप्याड छन् । सोताङ गाउँपालिका र सोलु दुधकुण्ड नगरपालिकामा भने २/२ वटा हेलिप्याड मात्र छन् ।

सोलुखुम्बुमा फिस्टेल हेलि प्रालि., एयर डाइनेष्टी, एल्टिच्युड एयर प्रा.लि. सिम्रिक एयर प्रा.लि., माउण्टेन हेलिकप्टर प्रा.लि.र कैलास हेलिकप्टर प्रा.लि.ले उद्धारको काम गर्दै आएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार