एकैदिन नेपालमा ३५५६ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (संख्यासहित)

Facebook Debugger

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालका अनुसार १५ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा कोरोना पुष्टि भएको हो । यसैगरी नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको मन्त्रालयले छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७८ हजार ७ सय ८० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७७ हजार २ सय ७७ रहेको थियो ।

मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ सय ४५ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६ सय ६३ पुगेको छ ।

हेर्नुहोस कोरोना संक्रमितको संख्या कुन जिल्लामा कति ?

Nepal Corona
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार