नेपालमा कोरोनाबाट एकैदिन १८ जनाको मृत्यु !

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६३ पुग्यो !

Facebook Debugger

काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एकैदिन १८ जनाको मृत्यु भएको छ । योसहित अब नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ६३ जना पुगेको छ ।

आज काडमाडौं उपत्यकामा २ हजार १ सय २९ जना नयाँ संक्रमित थपिएका मध्ये काठामाडौंमा १ हजार ७ सय ४६, ललितपुरमा २ सय १६ र भक्तपुरमा १ सय ६७ जना नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार देशभर १ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन । पछिल्लो २४ घण्टामा १५ हजार ५ सय ७७ जनाको पीसीआर परिक्षण भएको थियो । हालसम्म निको भएकाहरुको संख्या ७८ हजार ७ सय ८० छ ।

देशभर संस्थागत आइसोलेशनमा १५ हजार ४८ जना रहेका छन् भने क्वारेन्टिनमा ४ हजार ७ सय ९५ जना रहेका छन ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार