किरात राई यायोक्खाद्वारा जनगणना अभियान सुरु

Facebook Debugger

काठमाडौं । किरात राई यायोक्खाले २०७८ सालमा हुने १२ औं राष्ट्रिय जनगणनामा सही सूचना टिपाउनका लागि मंगलबार एक अपिलपत्र जारी गरेको छ ।

किरात राई यायोक्खाका महासचिव जनक राई १२ औं जनगननाको बारेमा जानकारी दिनुहुँदै । तस्वीर: लोकचन्द्र थापा ।

यायोक्खाले २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुने जनगणनामा जातिको प्रश्नमा राई र धर्मको प्रश्नमा किरात लेख्ने र लेखाउले मूल लक्ष्यसहित गाउँगाउँमा अभियान चलाउने तयारी समेत गरेको छ ।

यायोक्खाले मंगलबार काठमाडौंको कोटेश्वरमा पत्रकार सम्मेलन गरी अपिलपत्र सार्वजनिक गरेको हो । जसमा जनगणनामा सोधिने विभिन्न प्रश्नहरुमध्ये जाति, भाषा, धर्मको प्रश्न र उत्तर उल्लेख गरिएको छ ।

यायोक्खाले ‘जात र जाति के हो ?’ भन्ने प्रश्मा राई लेख्ने, ‘पुर्खाको भाषा कुन हो ?’ भन्ने प्रश्नमा वाम्बुले, चाम्लिङ, तिलुङ, खालिङ, बाहिङ/बायुङ, जेरुङ, कुलुङ, नाछिरिङ, दुमी, कोयी, साम्पाङ, थुलुङ, पुमा, बान्तावा, दुङमाली, आठपहरिया, छिन्ताङ, छिलिङ, फाङदुवाली, मुगारमुगाली, याम्फु, लोहोरुङ, बेल्हारे, मेवाहाङ, लुङखिमरलिङखिम, देवास मध्ये एक लेख्न अपिल गरेको छ ।

यसैगरी ‘मातृभाषा कुन हो ?’ भन्ने प्रश्नमा पनि वाम्बुले, चाम्लिङ, तिलुङ, खालिङ, बाहिङ/बायुङ, जेरुङ, कुलुङ, नाछिरिङ, दुमी, कोयी, साम्पाङ, थुलुङ, पुमा, बान्तावा, दुङमाली, आठपहरिया, छिन्ताङ, छिलिङ, फाङदुवाली, मुगा/मुगाली, याम्फु, लोहोरुङ, बेल्हारे, मेवाहाङ, लुङखिम÷लिङखिम, देवास मध्ये एक लेख्न अपिल गरिएको छ ।

‘दोस्रो भाषा कुन हो ?’ भन्ने प्रश्नमा नजिकको कुनै एक राई वा किराती भाषा लेख्ने र ‘धर्म कुन धर्म मान्नुहुन्छ ?’ भन्ने प्रश्नमा किरात लेख्न यायोक्खाको अपिल छ ।

यायोक्खाका अध्यक्ष दिवस राई, उपाध्यक्ष जीवन हाताचो राई, महासचिव जनक राई लगायतले पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी गराएका हुन् ।
यायोक्खा महासचिव राईले राज्यलाई सही सूचना दिनुपर्ने बताए । उनले यायोक्खा मातहतका विभिन्न भातृ तथा भाषिक संगठनहरुको समन्वयमा गाउँगाउँमा जनगणना सम्बन्धी अभियान चलाइने बताए ।

यायोक्खाले प्रथम किरात राजा यलम्बरको तस्विर सार्वजनिक गर्दै जनगणनाको अभियान सुरु गरिएको घोषणा गरेको हो ।

पहिलो किराती राजा यलम्बरको पछिल्लो आधिकारिक तस्वीर सार्वजनिक गर्दै यायोक्खाका पदाधिकारीहरु । तस्वीर: लोकचन्द्र थापा ।
पहिलो किराती राजा यलम्बरको पछिल्लो आधिकारिक तस्वीर । तस्वीर: लोकचन्द्र थापा ।
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार