बुधबार थपिए २६३८ जना कोरोना संक्रमित, उपत्यकामा मात्रै १४०३ जना

Facebook Debugger

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ हजार १ सय ७४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ८० हजार ९ सय ५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ रहेको छ भने ४ हजार ६ सय ६६ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ७५ पुगेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार