हट नायिका दीपिका अमिताभसँग फिल्म खेल्दै

Facebook Debugger

मुम्बई । अभिनेत्री दीपिका पादुकोण बलिउड हस्ती अमिताभ बच्चनसँग देखिने भएकी छन् ।

नाग आश्विनको निर्देशन रहने तेलेगु फिल्ममा दीपिका र अर्का नायक प्रभाष यसअघि नै अनुबन्धित थिए । शुक्रबार अमिताभ पनि सो फिल्ममा देखिने घोषणा गरियो ।

फिल्म निर्माता कम्पनी व्याजयन्ती मुभिजको आधिकारिक ट्विटरमा उल्लेख छ, ‘करोडौंको मुटुमा रहेका अमिताभ बच्चनलाई हामी फिल्ममा स्वागत गर्छौँ । हाम्रो यात्रा अझै बृहत् बन्दै छ ।’ फिल्म निर्माण कम्पनी व्याजयन्तीको स्वर्ण वर्षगाँठ पूरा भएको उपलक्ष्यमा उक्त घोषणा भएको जनाइएको छ ।

त्यसैगरी अमिताभले ट्विट गर्दै एक ऐतिहासिक भेन्चरमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरेका छन् । स्मरण रहोस्, उनी हाल सोनी च्यानलको ‘कौन बनेगा करोडपति’ कार्यक्रममा व्यस्त छन् । निर्देशक आश्विनका अनुसार फिल्म सन् २०२१ को अन्त्यसम्ममा सार्वजनिक हुनेछ । दीपिका तामिल फिल्म ‘कोचादैयाँ’मा पनि अनुबन्धित छिन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार