कोलम्बसकी कान्छी बनिन् अलिसा [भिडियोसहित]

Facebook Debugger

काठमाडौं । लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले अब आफ्नो सहभागिता नेपाली फिल्म तथा गीतसंगीतमा पनि जनाउने भएको छ ।

यसै क्रममा यो संस्थाको प्रस्तुति र सुनील उप्रेतीको निर्माण रहेको गीत ‘कोलम्बस कि कान्छी..’ सार्वजनिक भएको छ । ओम सुनारको स्वर तथा संगीत रहेको गीतको शब्द तारा फूयालले कोरेकी हुन् ।

‘नेपाली विद्याथीलाई उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया लगायत मुलुकमा जान पुलको काम गर्दै आइरहेका हामी । अब मनोरञ्जन क्षेत्रको पनि विकासमा जोडीने जमर्कोका साथ काम सुरु गरेका हौँ’ ऐजुकेसन एण्ड माइग्रेसन कर्नरका सुनील उप्रेतीले बताए ।

मौसम हिमालीको निर्देशन रहेको भिडियोमा अलिशा शर्मा र डिमोन क्षेत्रीको अभिनय देख्न सकिन्छ । भिडियोको सम्पादन र छायांकन दिपेन बस्न्यातले गरेका हुन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार