बाहिङ भाषा र इतिहास यस्तो छ:

Facebook Debugger

बाहिङ बारे सर्वप्रथम सन् १८५७ देखि १८५८ मा Brain Houghton Hodgson ले लिखित रुपमा Bahing Vocabulary & Grammer शिर्षकमा शब्द दसस्तावेजी करण गर्दै नेवारी, बाहिङ, हिन्दी र अंग्रेजीमा शब्दहरुको तुलनात्मक दस्तावेजिकरण गरि बाहिङ भाषामा छोटो कथा रर्याम्नीपो र रर्याम्नीमो नामक रमाईलो कथा समेत दस्तावेजीकरण गरेका छन् । बाहिङ भाषाको पहिलो लिखित यहि रहेको थियो । यस दस्तावेजिकरणमा बाहिङ बारे यसरी उल्लेख हड्सनले गरेका छन्, उनले यसरी लेखेका छन् Bahing is a Kiranti (Kiranti, Kirati) Language spoken in Okhaldhunga district of eastern Nepal, the Kiranti Language are spoken in the eastern Himalayan region of Nepal Known as Kiranti. The Kirant is traditionally divided into three areas: Pallo Kirat or far Kirant, Majh Kirat or Middle Kirant Vallo Kirat or Near Kirant; (Mescellaneous Essays Relating To Indian Sublects Vol. I (1880 London, peg no 321, 393) त्यसैगरि सन् १८६८ मा Hunter William Wilson ले बाहिङ्गे तुलनात्मक डिक्सनरी शिर्षकमा बाहिङ भाषाको अन्य भाषासंग तुलनात्मक अध्ययन गरेका थिए । त्यसै गरि Bahing-Vayu शिर्षकमा Benedict ले सन् १९७२ मा बाहिङ भाषाको बारे अध्ययन गरेको पाईछ । सन् १९७५ मा Boid Michailovsky ले IPA, Phonitic Symbol in Bahing शिर्षकमा ओखलढुंगाको राँगदिप क्षेत्रमा गएर बाहिङ भाषा भित्रका स्वरहरुको अध्ययन गरि बुर्सि र तक्स्यालको कथा, लिङ्खाम् को काथाहरु बरेमा ध्वनी रेकर्ड गराएको थिए । सन् १८९० मा George Van Driem n] Bahing and Proto Kiranti Verb (पेज न ३३७ देखि ३५५) शिर्षकमा ओखलढुंगाको तत्कालिन विगुटार गाँउ पंचायतमा स्थलगत अध्ययन गरि बाहिङ भाषाको क्रियाहरुका बारेमा अध्ययन दस्तावेजिकरण गरेका थिए । सन् १९९१ मा Gerd Hansson ले बाहिङ भाषाको अवश्था बारे अध्ययन गरि बाहिङ भाषा बक्ताको संख्या ६००० देखि १०००० सम्म रहेको कुरा उल्लेख गरेका थिए ।

बि.सं २०५८ साल सुयोसी तोवाले ओखलढुंगाको सोबुरु क्षेत्रमा रहेको बाहिङ भाषाको अवश्था बारे अध्ययन गरेका छन् । वि.सं २०५९ सालमा भाषा विज्ञा डा. नवोल किसोर राईले बाहिङ भाषामा शब्दावलीहरुको अध्ययन गरेका छन् । त्यसैगरि सन् २००३ मा John Epple ले Kathmandu Valley survey Bahing Rai शिर्षकमा सोलु, ओखलढुंगाबाट काठमाण्डौ उपत्यकामा आएर बसोबास गरि बस्ने बाहिङहरुको भाषाको अवश्था कस्तो छ, कत्तिले कुन उमेर समुहले कत्ति प्रतिशतले बोल्दछन् भन्ने तथ्यहरु सार्वजनिक गरेका छन । बाहिङ किरात मुलुखिम संस्था सन् २०६१ मा स्थापना भए पश्चात संस्थाको पहलमा त्रि.वि भाषा केन्द्रीय विभागले सन् २००५ मा The Documentation of Bahing Language शिर्षकमा बाहिङ भाषाको शब्दकोष २६०० जति दस्तावेजिकरण गरेको छ । त्यसै गरि भाषा विद डा. मोरिन वि.ली ले सन् २००५मा ओखलढुंगा र सोलुखुम्बुका विभिन्न क्षेत्रमा गएर बाहिङ भाषाको अवश्थाको बारेमा A Bayung Social Linguist survey भनेर अध्ययन गरेका छन् । वहाको अध्ययनले बिशेष गरे बाहिङ भाषा कुन अवश्थामा छ, कत्तिले बोल्छन वा भाषा कुन अवश्थामा मर्दैछ, भाषाबाट ३ वटा भाषिकाको विकास भएको कुराहरु उल्लेख गरेका छन ।

बाहिङ किरात मुलुखिम संस्थाको आफ्नै मुख पत्र बाहिङके मिम्खा २०६३ साल देखि पत्रिकाहरुमा मातृभाषामा लेख, कथा, कविताहरु प्रकाशन गरि मातृभाषा संरक्षणमा थप टेवा दिने कार्य भएको छ । वि.सं २०६४ मा मुलुखिमका संरक्षक आदरणीय तेज लाल राईज्यूबाट पहिलो संस्कार संस्कृतिको संरक्षण खातिर “बाहिङ लोरो तुम्लो” प्रकाशन गर्नु भई मातृभाषा र संस्कारको विकासमा थप इट थप्ने काम वहाबाट भएको छ । मुलुखिम संस्थाको प्रकाशन वि.सं २०६६ मा लेखक बुद्धि हंगुज्यूको “किरात बाहिङ(बायुङ) तुम्लो” संस्कार संस्कृति सम्बन्धि पुस्तक प्रकाशन भयो । जस्ले गर्दा भाषा संस्कार संस्कृति र बाहिङ भाषा साहित्य समेत संरक्षण गर्ने यस पुस्तकले अहम भूमिका निभायो । त्यसै गरि संस्थाका संस्थापक सदस्य कुमारधन तोलाचाज्यूले २०७२ सालमा वहाकै आफ्नै पहलमा “बाहिङ फृब्दीम् तुम्लो” प्रकाशन गर्नु भई संस्कार संस्कृतिमा थप योगदान दिनु भएको छ ।

वि.सं २०६७ मा पशुपति बहुमुखि क्याम्पसबाट मुलुखिमका पूर्व उपाध्यक्ष प्रेम बाहिङज्यूले “बाहिङ किरात जातिहरुको सामाजिक साँस्कृतिक पक्ष र परिर्वतनको अध्ययन” शिर्षकमा बरुणेश्वर क्षेत्रका बाहिङहरुको अध्ययन शोध पत्र गर्नु भएको छ । वि.सं २०६८ मा रत्नराज्य लक्ष्मी क्याम्पसबाट रुलर डेभलप्मेन्टमा मोहनराज राईले “बाहिङ किरातहरुको आर्थिक अवश्था” शिर्षकमा ओखलढुंगाको मोली क्षेत्रबाट शोध पत्र अध्ययन गर्नु भएको छ । भाषा क्षेत्रमा वि.सं २०७० पद्धमकन्या क्याम्पसबाट निरा राईले “नेपाली र बाहिङ भाषाको शब्दको तुलनात्मक अध्ययन” शिर्षकमा शोध पत्र गर्नु भई बाहिङ भाषामा थप इट थप्ने कार्य गर्नु भएको छ । सन् २०११ मा Issues in Bahing orthography development शिर्षकमा डा. मोरिन वि.ली ले CNAS, SIL बाट बाहिङ लेखनपद्दतीका विषयमा बर्णहरुका विषयमा दस्तावेजिकरण गरेका छन् । वि.सं २०७४ मा फुल बहादुर राईले “बाहिङ र नेपली भाषाको पदसंगतीको तुलनात्मक अध्ययन” शिर्षकमा ओखलढुंगा आँपश्वरा क्षेत्रबाट शोध पत्र गर्नु भई बाहिङ भाषामा थप योगदान दिनु भएकोछ , वि.स २०७२ मा अनिता राईले “आदरको आधारमा नेपाली र बाहिङ भाषाको शब्दको तुलनात्मक अध्ययन” शिर्षकमा बारे प्रष्ट पार्नु भएकोछ । वि.सं २०७५ मा उप–प्राध्यापक मुगा माया बाहिङज्यूले बाहिङ भाषाका अकर्मक क्रियाको रुपावली शिर्षकमा त्रि.वि अनुसन्धान केन्द्रमा शोध पत्र गर्नु भएको छ । यसरी बाहिङ भाषा विकासमा प्रतक्ष अप्रतक्षरुपमा भाषागत, साँस्कृतिक संस्कारगत, समाजिक र आर्थिक रुपमा यस लेखमा उल्लेखित व्यत्ति व्यत्तित्वहरुको अहा भूमिका र अमुल्य योगदान रहकोछ । यस अभियानमा लाग्नु हुनेहरु बाहिङ भाषा विकासका धरोहर रहनु भएकोमा बाहिङ किरात मुलुखिम आभारी व्यक्त गर्दछ ।

(लेखक : बाहिङ, बाहिङ किरात मुलुखिम केन्द्रीय कार्यसमितिका महासचिव हुन् ।)

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार