तपाईको यो महिना यसरी बित्नेछः कात्तिक महिनाको राशिफल

Facebook Debugger

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

यो महिनामा अनपेक्षित खर्च बढ्ने र आयस्रोतमा मन्दी आउने सम्भावना छ। केही पारिवारिक समस्या पनि आउन सक्छन्। अरूको हातमा गएको रकम फिर्ता लिन नसकिएला। यो महिना कमसल वस्तुलाई महँगो रकम खर्चनुपर्ने हुन सक्छ। संघर्ष गर्नुपरे पनि नियमित तथा व्यावसायिक काम सम्पादन हुनेछन्। स्वास्थ्यमा मौसमी समस्याले सताउन सक्छ। आफ्ना तर्फबाट जीवनसाथीको स्वास्थ्यप्रति पनि सजग रहनुपर्ने समय छ। यात्रामा केही झमेला हुन सक्छ। अर्थ र स्वास्थ्यका हिसाबले लामो यात्रा नगर्नु बेस हुनेछ। धेरै समय जुट्न नसकिए पनि अध्ययनमा भने प्रगति हुने समय छ। आम्दानीका तुलनामा खर्च बढी हुनाले आर्थिक पक्षमा सुधार ल्याउन केही समय लाग्नेछ ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

महिना उपलब्धिमूलक रहनेछ। भौतिक साधन जुट्नाले महत्त्वाकांक्षी योजना प्रारम्भ हुनेछ। दिगो फाइदा हुने कामको जग बसाउने समय छ। आर्थिक समस्या पनि समाधान हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। वर्गीय हक हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ। अध्ययन तथा साहित्य साधनामा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। परिवारजनले राम्रै साथ दिनेछन्। मिहिनेतले प्रतिस्पर्धाको दौडमा जित दिलाउनेछ। स्वास्थ्यका लागि भने अलि सावधान रहनुपर्ला। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ। केही समय अरूका काममा जुट्नुपरे पनि अहिलेको मिहिनेतले पछि फाइदा उठाउन सकिनेछ ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह

अवसरका लागि केही परिश्रम गर्नुपर्ला। दिगो काममा हात हाल्नाले फाइदा उठाउन सकिनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। साझेदारीमा फाइदा हुनेछ। भूमि तथा सगोलको सम्पत्ति लाभदायक रहनेछ। पेटको गडबडीले स्वास्थ्यमा कमजोरी देखा पर्नेछ। पाउमा चोटपटक र फजुल खर्चको योग देखिएकाले सजग रहनुपर्ला। बलजफ्तीले नै काम बन्नेछ तर साथीभाइ टाढिन सक्छन्। समस्या दर्साउँदा शुभचिन्तकले साथ दिनेछन्। आफन्त टाढिए पनि हिम्मतले काम लिन सकिनेछ। व्यवसायमा अलि मन्दी आउन सक्छ। अध्ययनमा धेरै समय दिन नसकिए पनि प्रगति हुनेछ। सन्तानको बारेमा केही चिन्ता बढ्न सक्छ। लेनदेन गर्दा पुँजी सुरक्षामा ध्यान दिनुहोला ।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

घर–परिवारका समस्यामा अल्झिनुपर्दा महिनाभरि काममा उल्झन हुन सक्छ। गरिएका काममा आकस्मिक फाइदा भने हुनेछ। आयआर्जनका केही नयाँ स्रोत पनि फेला पर्नेछन्। तर व्यवसाय र नियमित काममा भने सोचेको फाइदा नहुन सक्छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। दुर्भावना राख्नेहरूले दुःख दिनेछन्। वैधानिक जटिलताले पनि काम रोकिन सक्छ। कब्जियत वा ढाड-कम्मर सम्बन्धी समस्याले सताउन सक्छ। लामो सक्रियता स्वास्थ्यका लागि बाधक बन्ने देखिन्छ। छाती तथा फोक्सोसम्बन्धी समस्याले सताउने देखिएकाले सावधान रहनुहोला। शुभचिन्तकहरूको सहयोगले नियमित काम गर्न सकिनेछ ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

काममा केही झमेला देखिए पनि यो महिना समग्रमा शुभफलदायी रहनेछ। तत्काल लाभ उठाउन नसकिए पनि दीर्घकालीन योजना प्रारम्भ हुनेछ। आस मारेको काम सम्पादन हुनाले उत्साह जाग्नेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने साइत जुर्न सक्छ। सोखले भौतिक साधन जोड्न प्रेरित गर्नेछ। व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। व्यापारतर्फ दोस्रो सातादेखि विशेष लाभ हुनेछ र आर्थिक स्थितिमा सुधार आउनेछ। मित्रताको बन्धन प्रगाढ हुनेछ। प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्ने सम्भावना छ। धनमाल सुरक्षामा ध्यान दिनुहोला। पेट र कब्जियतको समस्याले स्वास्थ्य कमजोर रहनेछ। चोटपटकको सम्भावना रहेकाले हतियार र सवारीको उपयोग सावधानीपूर्वक गर्नुहोला ।

कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

घर–गृहस्थीमा केही समस्या देखिए पनि यो महिना समग्रमा शुभफलदायी रहनेछ। केही विवादास्पद काममा जुट्नुपरे पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। प्रतिस्पर्धीहरूले हात झिक्नाले कर्मयोगको व्यवधान हट्नेछ। तर, उच्च महत्त्वाकांक्षाले उपलब्धिको मार्ग संकुचित बन्न सक्छ। आलस्य गर्ने बानीले शुभचिन्तकहरू निराश बन्नेछन्, सावधान रहनुहोला। यस महिनामा विभिन्न अवसर प्राप्त हुनेछन्। सानो प्रयत्नले दिगो फाइदा दिलाउनेछ। पुरुषार्थी कामले उत्साह जगाउनेछ। नयाँ उद्योग वा व्यवसाय सुरु हुनेछ। तर आफ्नै कारणले उठ्नुपर्ने रकम अड्किन सक्छ। साझेदारीमा केही विवाद आउन सक्छ। शत्रुबाधा, मुद्दामामिला वा कामका झमेलाहरू पनि आइरहन सक्छन् ।

तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते

अवसरका लागि केही दौडधुप गर्नुपर्ला। स्वास्थ्यमा टाउको दुखाइ र आँखाको समस्याले सताउन सक्छ। धेरै परिश्रम गर्नुपर्दा शारीरिक शिथिलता वा आलस्य बढ्नुका साथै उत्साहमा कमी आउने देखिन्छ। तापनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा अड्किएका काम पुनः प्रारम्भ हुनेछन्। बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। खर्च लागे पनि प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका प्रशस्त बाटाहरू फेला पर्नेछन्। वादविवादमा अघि नसर्नुहोला। सरोकार नभएका विषयमा चासो राख्नाले समस्या पर्न सक्छ। तापनि, क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु

महिनाभरि बढी श्रम र आर्थिक लगानी गर्नुपर्ने समय छ। स्वास्थ्यमा शिथिलता, काममा विलम्ब, अधिक खर्च जस्ता समस्या पनि आउन सक्छन्। अर्थ अभावले सताउने समय छ। असंयम व्यवहारले निकटजनहरू टाढिन सक्छन्। तर, सद्विचारले प्रेरित हुनेहरूलाई शुभचिन्तकहरूले साथ दिनेछन्। साथीभाइ र शुभचिन्तकको सहयोगले मात्र काम बनाउन सफल भइनेछ। अध्ययनमा धेरै समय जुट्न नसकिएला। झुटा आश्वासन बाँड्नेहरूले फसाउन सक्छन्। आफ्नो वस्तुमाथि अरूले दाबी गर्ने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुहोला। बुद्धिको उपयोगले संघर्षमय परिस्थिति पार गर्दै सफलताको उपलब्धि प्राप्त गर्न सकिनेछ। पछिका लागि विशेष कामको थालनी हुन सक्छ ।

धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

महिनाभर विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ। रोकिएका काम बन्नुका साथै आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष फाइदा हुनेछ। पद–प्रतिष्ठा प्राप्त हुने ग्रहयोग छ। उद्योग-धन्दामा पनि सफलता पाइनेछ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। सोखले विलासी वस्तु जुटाउन प्रेरित गर्नेछ। आफन्तसँग विचार नमिल्नाले टाढा भइनेछ। आलस्य गर्ने बानीले काममा पनि विलम्ब हुन सक्छ। केही विवादास्पद काममा अलमलिनुपर्ला। पतिपत्नीमा समेत असमझदारी बढ्ने समय छ। तर प्रयत्न गर्दा कीर्तिमानी काम शुभारम्भ हुनेछ। सामान्य परिस्थितिबाट पनि प्रशस्त फाइदा उठाउन सकिनेछ। मिहिनेतले जीवनशैलीमा सुधार आउनेछ ।

मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

तारिफयोग्य काम गर्दै नाम, दाम र इनाम हातपार्ने मौका छ। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा विशेष स्थान प्राप्त हुने समय छ। व्यापार तथा उद्योगतर्फ प्रशस्त फाइदा हुनेछ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। कृषिकर्म एवं पशुधनबाट लाभ उठाउन सकिनेछ। प्रयत्न गर्दा महत्त्वाकांक्षी कामसमेत सम्पादन हुनेछ। अध्ययनतर्फ मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। केही खर्च लागे पनि प्रयत्न गर्दा देश-विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। पाउमा भने अलि कष्ट हुन सक्छ ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द

परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि दिगो काम प्रारम्भ हुनेछ। चुनौती देखिए पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। तर, अत्यधिक परिश्रमले थकान र कमजोरी भने निम्त्याउनेछ। सरोकार नभएका विषयमा चासो राख्नाले वादविवादमा परिएला। परिस्थिति र आवश्यकता कर्मयोगका प्रेरक बन्नेछन्। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। सुरुमा अरूका काममा समय खर्चनुपरे पनि कालान्तरमा आफैंलाई फाइदा हुनेछ। नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। बन्धुबान्धव तथा गुरुजनसँग आत्मीयता बढ्नेछ। वादविवाद पनि सम्झौतामा टुंगिनेछ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन् ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

यो महिनामा केही सावधानी अपनाउनुपर्ने देखिन्छ। आफन्तबाट टाढा भइनेछ। निकटजनहरूसँग असमझदारी बढ्न सक्छ। स्वास्थ्य कमजोर हुनाले काममा जुट्न समस्या पर्नेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। द्वेष गर्नेहरूबाट सजग रहनुहोला। व्यवसायमा मन्दी आउनाले आयआर्जनमा कमी आउनेछ र सञ्चित रकम खर्चनुपर्नेछ। नियमित काममा सोचेको उपलब्धि नहुन सक्छ। असावधानीले चोटपटक लाग्न सक्छ। कब्जियत वा ढाड-कम्मर सम्बन्धी समस्याले सताउनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउनेछ । अप्ठ्यारो समयमा शुभचिन्तकहरूको सहयोग जुट्नाले राहत मिल्नेछ। प्रियजनको सहयोग जुट्नाले दैनिक व्यवहारमा सुधार ल्याउन सकिनेछ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार