खुम्बु पासाङल्हामु गाउँपालिका प्रवेश गर्न पीसीआर नेगेटिभ अनिवार्य !

Facebook Debugger

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका प्रवेश गर्न कोरोना संक्रमण नभएको पीसीआर रिर्पोट अनिवार्य देखाउनु पर्ने भएको छ ।

गाउँपालिकामा जुनसुकै स्थानबाट प्रवेश गर्न अनिवार्य रुपमा कोरोना संक्रमण नभएको पीसीआर रिर्पोट देखाउनु पर्ने नियम लागू गरिएको हो । यसअघि काठमाडौंबाट तेञ्जिङ हिलारी विमानस्थल लुक्ला जाने हवाई यात्रुको मात्रै पीसीआर रिर्पोटमा कोरोना नेगेटिभ देखाउनु पर्ने थियो ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले सबै एयरलाइन्स र हेलिकप्टर कम्पनीहरुलाई ७२ घण्टाभित्र परीक्षण गरिएको पीसीआर नेगेटिभ रिपोर्ट सुनिश्चित गरेर मात्रै लुक्ला आउन भनिएको जानकारी दिए ।

लुक्लामा तारा, समिट, सीता, श्री एयरलाइन्स र हेलिकप्टरले सेवा दिँदै आएका छन् । लुक्लामा काठमाडौंका साथै, फाप्लु र मन्थलीबाट हवाई उडान हुँदै आएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार