खुम्बु पासाङल्हामुको नेकपाले पूर्णता पाएसँगै संगठन विस्तारमा तिब्रता

Facebook Debugger

सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको कमिटीले पूर्णता पाएको छ ।

जिल्लाको अन्य स्थानीय तहका कमिटीहरुले करिब डेढ वर्षअघि नै पूर्णता पाएको भए पनि लामो समयसम्म यस गाउँपालिकामा एकता भेला र सपथ ग्रहण कार्यक्रम हुन सकेको थिएन । हिमपात, गाउँपालिकाका जननिर्वाचित अध्यक्ष ङिमदोर्जी शेर्पाको निधन, पार्टीको आन्तरिक तयारी नपुगेको, कोरोना महामारीलगायतका कारणले सपथ ग्रहणमा ढिलाई हुन गएको हो । गाउँपालिका कमिटीको पूर्णतामा ढिलाई भए पनि उक्त कमिटीले भने आधिकारिकता पाएसँगै सांगठनिक कार्यमा तिब्रता दिन थालेको छ ।

असोज २९ गते विहिवार लुक्लामा आयोजित कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष तथा १ नं. प्रदेश कमिटी सदस्य मानबीर राईले ल्हाक्पा गेल्जेन शेर्पाको अयक्ष्तामा गठित ५७ सदस्यीय कमिटीलाई सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा बोल्दै खुम्बु पासाङल्हामु गाउँपालिकामा नेकपाले सरकारको नेतृत्व गरेको हुनाले तिब्र गतिमा विकास भइरहेको बताए । पार्टी एकीकरणले गर्दा कतिपय कार्यमा अन्यौलता सिर्जना भएको समेत उनले बताए । ‘अन्य स्थानीय तहहरुमा पार्टी कमिटी गठन गरिसकेपछि सरकार र पार्टीबीच देखिएको अन्तरविरोध धेरै मात्रामा हल भएर गएका छन्’, राईले भने– ‘आज उप्रान्त यहाँ पनि सरकार र पार्टीबीच पर्याप्त छलफल हुने छ र अन्तरविरोध सिर्जना हुने छैन ।’ कार्यक्रममा उनले भने, ‘हामी अहिले झन्डै दुई तिहाई नजिक छौं । तर १५ सालमा तीन सिट कम्युनिष्टले जितेको बाहेक नेपाली कांग्रेसले सबै सिट जित्यो । तर उसले देशलाई खोक्रो बनायो । अहिले हामी विशाल कम्युनिष्ट पार्टीहरु एकीकृत भएर देशलाई समृद्ध बनाउने अभियानमा छौं ।’

त्यसैगरी कार्यक्रममा जिल्ला कमिटीका सचिव तथा १ नंं प्रदेश कमिटी सदस्य गोम्बु शेर्पा (कज्र्याङ)ले सांगठकि प्रक्रियाका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा उनले गाउँपालिका कमिटीको नामावली वाचन गर्दै संगठनलाई थप बजबुत बनाएर अघि बढ्न निर्देशित समेत गरे ।

कार्यक्रममा बोल्ने क्रममा १ नं. प्रदेशसभा ‘ख’, सोलुखुम्बुका सांसद बुद्धिकुमार राजभण्डारीले सांगठनिक पद्धतिलाई आत्मसात गर्न सके कसैले कसैसँग असन्तुष्ट हुनु नपर्ने बताए । विकास निर्माणका सन्दर्भमा पनि ठूला गफ गर्नेभन्दा आफ्नै आँखाले जनताले देखिरहेको बताए ।

१ नं. प्रदेश कमिटी सदस्य आङङिमा लामाले कार्यक्रममा बोल्दै कार्ल माक्र्सले भनेको समाजवादमा कम्युनिष्ट पार्टी अघि बढिरहेको छ त ? भनेर प्रश्न गरेका थिए ।

त्यसैगरी कार्यक्रममा सोलुखुम्बु जिल्ला सचिवालय सदस्य आसकुमार राई (शिशिर खालिङ)ले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । ‘कार्ल माक्र्स र एंगेल्स एकआर्काका परिपूरक थिए । यदि उनीहरु नभएको भए सम्भवतः कम्युनिष्ट घोषणापत्र, पूँजी वा विश्व सर्वहारा वर्गको मुक्तिका लागि बैज्ञानिक सिद्धान्तको जन्म हुने थिएन’ राईले भने, ‘देशको आवश्यकता र परिवर्तनका निम्ति हामी एकीकृत भएका हौं । यदि स्वार्थका निम्ति हामी एकीकृत भएका हौं भने एक न एक दिन राजनैतिक, सैद्धान्तिक रुपमा हाम्रो विघटन फेरी अवश्यम्भावी छ ।’

कार्यक्रममा बोल्दै जिल्ला सचिवालय सदस्य नाम्गेल शेर्पाले खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई समृद्ध गाउँपालिका निर्माण गर्ने विम्मेवारी युवाहरुको काँधमा आएको बताए । ‘कतिपय कमरेडहरुमा असन्तुष्टी पनि पैदा भएको छ । तर आगामी दिनमा हामीले यसको समाधान गरेर अघि बढ्नुको विकल्प हामीसँग छैन ।’ कार्यक्रममा बोल्दै आगामी दिनमा संगठन विस्तार र जनसेवाको कार्यलाई पार्टीले तिब्रता दिने गाउँपालिका कमिटी अध्यक्ष ल्हाक्पा गेल्जेन शेर्पाले बताए । कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी तीन दर्जन बढि कार्यकर्ताहरुले पार्टी प्रवेश गरेका थिए ।

सपथ ग्रहणलगत्तै असोज ३० मा अध्यक्ष ल्हाक्पा गेल्जेन शेर्पाको अध्यक्षतामा बसेको कमिटीको प्रथम पूर्ण बैठकले १८ जनाको नामावली गाउँपालिका कमिटीमा मनोनयनका लागि जिल्ला कमटिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले गाउँपालिका कमिटीको २५ सदस्यीय सचिवालय तथा ५ सदस्यीय कार्यालय टिम गठन गरेको छ । कार्यालयमा अध्यक्ष ल्हाक्पा गेल्जेन शेर्पा, सचिव टंक कालिकोटे र लक्ष्मण अधिकारी, नुरु जाङबु शेर्पा, धन कुमार तामाङ रहेका छन् । यसै बैठकले निर्णय गरेअनुसार वडा नं. ३, क्याङमामा पार्टी कार्यालय स्थापना हुने अध्यक्ष ल्हाक्पा गेल्जेन शेर्पाले जानकारी गराए ।

बैठकबाट टासी ल्हामू शेर्पा नेता र मिङमा छिरी शेर्पा उपनेता रहनेगरी सात सदस्यीय ‘नेकपा स्थानीय तह दल’ समेत गठन गरिएको छ । त्यसैगरी गाउँपालिका कमिटीको तर्फबाट जिल्ला स्तरीय २५ विभागमा सदस्यका लागि नामावली सिफारिस गर्ने निर्णय भएको छ । गाउँपालिका कमिटीले आफू मातहत रहने विभागहरुको समेत गठन गरेको छ ।

गाउँपालिका कमिटीले ढिलो गरी पूर्णता पाए पनि वडा कमिटी गठनलगायतका सांगठनिक कार्य तिब्र रुपमा गाउँपालिका कमटिीले अघि बढाएको छ । गाउँपालिका कमिटीले आउँदो कातिक ७ गते खुम्जुङमा वडा नं. ४ को सपथ ग्रहण आयोजना गर्ने भएको छ । त्यसैगरी कार्तिक ८ गते नाम्चेमा वडा नं. ५, १३ गते राङदिङमा वडा नं. ३, १४ गते लुक्लामा वडा नं. २ र १९ गते बुक्सामा वडा नं. १ को सपथ ग्रहण कार्यक्रम सम्पन्न गर्ने कमिटीका सचिव टंक कालिकोटेले जानकारी गराए । नेकपा निकट अखिल नेपाल महिला संघको जिल्ला कमिटीमा रहने गरी आङ छुटीन लामासहित आठ जना र जिल्ला सल्लाकार परिषदको सदस्यका लागि पेमा छोसाङ शेर्पा गेलु शेर्पाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले वडा कमिटीहरुको प्रथम एकता भेलाको अवसरमा कोभिड–१९ सम्बन्धि सचेतना, संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडा स्तरीय ‘स्वयंसेवक युवा दस्ता’को गठन गर्ने समेत निर्णय गरेको छ ।

खुम्बु पासाङल्हामू गाउँ कमिटीको विवरण

१. अध्यक्षः ल्हाक्पा गेल्जेन शेर्पा

२. सचिवः टंक कालिकोटे

३. सदस्यहरुः ङिमा तेण्डी शेर्पा

४. पेम्बा छिरी शेर्पा (बुक्सा)

५. मिङमा छिरी शेर्पा

६. कमला तामाङ (मगर)

७. हस्त बहादुर लिम्बु

८. बुद्धि राना मगर

९. गंगा राम राई

१०. ङिमा दोर्जी शेर्पा

११. ल्हाक्पा गेलु शेर्पा

१२. ल्हाक्पा गेल्जेन शेर्पा

१३. फुरतेन्जि शेर्पा (लामा)

१४. ल्हाक्पा रिन्जी शेर्पा

१५. हेम कुमार राई

१६. फुरिन्जी शेर्पा

१७. पासाङ काजी शेर्पा

१८. किरण राई

१९. भुवन तामाङ

२०. अमृत मगर

२१. ल्हाक्पा गेलु शेर्पा

२२. धन कुमार तामाङ

२३. तिलक श्रेष्ठ

२४. लाक्पा तामाङ

२५. पेम्बा नुरु शेर्पा

२६. दावा जाङबु शेर्पा

२७. पासाङ दावा शेर्पा

२८. पूmल माया तामाङ

२९. आङ फुर्वा शेर्पा

३०. राम कुमार तामाङ

३१. राजु पुरी

३२. सन्तोष तामाङ

३३. अर्जुन नेपाली

३४. आङ छुटिन तामाङ

३५. देवराज तामाङ

३६. लाक्पा छिरी शेर्पा

३७. नुरु जाङबु शेर्पा

३८. उमा वि.क.

३९. दालमु शेर्पा

४०. फुर्तेम्बा शेर्पा

४१. दागेल्जी शेर्पा

४२. दावा गेल्जेन शेर्पा

४३. ङवाङ थोमे शेर्पा

४४.ङवाङ ल्हाक्पा शेर्पा

४५. ईश्वरी थापा मगर

४६. फुनुरु शेर्पा

४७. पेम्बा लामा तामाङ

४८. मिलन थापा मगर

४९. दुर्जा बहादुर राई

५०. कामी नुरु शेर्पा

५१. ङतेम्बा शेर्पा

५२. पेमा छोसाङ शेर्पा

५३. छिमी छिरीङ शेर्पा

५४. पासाङ नुरु शेर्पा

५५. तेन्जीङ जाङबु शेर्पा

५६. फुरा छेतेन शेर्पा

५७. फुरा याङजी शेर्पा

५८. लक्ष्मण अधिकारी

५९. पासाङ दावा शेर्पा

६०. पासाङ छिरी शेर्पा

६१. फुटशी शेर्पा

६२. पाल्देन नाम्ग्य शेर्पा

६३. सोनाम छिरीङ शेर्पा

६४. ल्हाक्पा नुरु शेर्पा

६५. छिरिङ पेन्जो शेर्पा

६६. मिङमा शेर्पा

६७. मिङमा नुरु शेर्पा

६८. लामा काजी शेर्पा

६९. आङ माया शेर्पा

७०. गेलु शेर्पा

७१. छोङबा शेर्पा

७२. पासाङ शेर्पा (ठमो)

७३. पासाङ ग्याल्जेन शेर्पा

७४. फुरा छिरीङ शेर्पा

७५. जाङबु शेर्पा

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार