वर्तमान सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको : प्रकाशमान सिंह को आरोप

Facebook Debugger

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको आरोप लगाएका छन् ।

हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्र मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले भूमि मिचिएकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएर वर्तमान सरकारले आफ्नो भूमि समेत दाबी सकेन भन्ने आरोप लगाए ।


नागार्जुन नगरपालिकाले सिउचाटारमा निर्माण गरेको ओपन फिटनेस पार्कको शनिबार उदघाटन गर्दै उनले भने, ‘आफ्नो राष्ट्रको भूभाग संरक्षण गर्दै सरकारले सुरक्षा दिन सक्ने कि नसक्ने जस्तो भान जनतालाई भइरहेको छ । यो दुर्भाग्य हो ।’ पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले सरकारको परराष्ट्र नीति असन्तुलित देखिएको बताए ।

अहिले ठूला ठूला भ्रष्टाचार काण्ड भएको भन्दै उनले त्यसको निष्पक्ष छानबिनको माग गरे । जतिसुकै ठूलो नेता भएपनि भ्रष्टाचारमा संलग्न भए उन्मुक्ति दिन नहुने उनले बताए ।

कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले स्युचाटारले प्रजातन्त्र स्थापनाका लागि कलंकीको मोर्चामा संघर्ष गर्दै बलिदान दिएको स्मरण गर्दै यो ठाउँमा नमूना विकास गर्ने बताए ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार