आज सूर्य ग्रहण ‘नेपालबाट देखिंदैन, बार्न पनि पर्दैन’

0 Shares

काठमाडौं । आज सूर्य ग्रहण लाग्दै छ । तर यो ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले भनेका छन्, ‘वैशाख कृष्ण औंसीका दिन ९वैशाख ७ गते० लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन ।’

यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते सूर्य ग्रहण लाग्दै छ । तर यी तीनै पटकका ग्रहण नेपालबाट नदेखिने प्राध्यापक अधिकारीले बताए । कात्तिक ११ गते लाग्ने चन्द्र ग्रहण भने नेपालबाट देखिन्छ । समितिका अनुसार वैशाख ७ गतेको सूर्य ग्रहण चीन, मंगोलिया लगायत देशबाट देखिन्छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार