स्करपियो दुर्घटना हुँदा ५ जनाको मृत्यु !

Facebook Debugger

गाईघाट । उदयपुरमा सवारी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् ।

सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका-१४ भदौरेमा शनिबार राति भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्करपियो शनिबार राति १२ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएका ५ मध्ये २ जनाको मात्र पहिचान खुलेको इटहरीस्थित प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख, एसपी सञ्जीव शर्मा दासले जानकारी दिए ।

एसपी दासका अनुसार दुर्घटनामा ओखलढुंगा मानेभञ्ज्याङ-९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै करिव ३२ वर्षका पुरुष, ३५ वर्षका जस्ता देखिने पुरुष र अर्की ३० वर्ष जस्तो देखिने महिलाको पहिचान भइ नसकेको उनले बताए । पहिचान नखुलेका उनीहरूको पनि घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ-९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया-४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ब्रेक फेल भएर स्करपिओ दुर्घटनामा भएको हुन सक्ने अनुमान गरिएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार