यति धेरै माया लाग्छ गीतको भिडियो सार्वजनिक

Facebook Debugger

काठमाडौ । राजेश पाल राई र निलम रोजु लाई को यती धेरै माया लाग्छ गीतको म्यूजिक भिडियो एस.के आर.पिक्चर युटुब च्यानलमार्फत सार्वजनिक भएको छ ।

बिपिन खालिङ्गको शब्द र निलम रोजु राईको संगीत रहेको यती धेरै माया लाग्छ गीतको भिडियो बेलायतबाट नेपाली महान चाड वडा दशैको पहिलो दिन घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको हो ।

सो गीतमा राजेश पायल राई र निलम रोजु राई ले गाउँनुभएको गीतको म्यूजिक भिडियो केहि समय देखि बेलायतमा बसोबास गर्दै आउनुभएका चलचित्र कर्मी शन्त कुमार राई को निर्देशमा बेलायतको विभिनन स्थानमा छाँयाङ्कन गरिएको सो म्यूजिक भिडियोमा ध्रुवा दत्त,आस्था जोशी र सन्तोष राईको जीवन्त अभिनयाँ देख्न पाइन्छ । करिब ७ मिनेट ८ सेकेन्ड समयावधिको सो म्यूजिक भिडियोको छायाँङ्कन सुमन श्रेष्ठले गरेका हुन् । सो भिडियो दृश्य सम्पादन इसाक जबेगुको रहेको छ । उक्त भिडियोलाई एस के आर पिक्चर अफिसियल युटुब च्यानलमा हेर्न सकिन्छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार