जसपा ओखलढुंगा-काठमाडौं सम्पर्क समितिको अध्यक्षमा रामकृष्ण

Facebook Debugger

काठमाडौं । जनता समाजवादी पार्टी ओखलढुंगा-काठमाडौं सम्पर्क समितिको समायोजन भएको छ ।

तत्कालिक संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबाट गठीत सम्पर्क समिति समायोजन भएको हो । समायोजनपछि नयाँ अध्यक्षमा रामकृष्ण मगर चयन भएका छन् । मगरको अध्यक्षतामा ४१ सदस्यीय सम्पर्क समिति चयन भएको जनता समाजवादी पार्टीका तत्कालिन जिल्ला अध्यक्ष नेत्र बहादुर नेम्बाङले जानकारी दिए ।

समायोजित समितिको उपाध्यक्षत्रयमा बलराज राई, सोनाम टासी शेर्पा, कृष्ण प्रसाद भट्टराई रहेका छन् । त्यस्तै, सचिवमा सूर्यबहादुर राई, सहसचिवमा नरनाथ पण्डित, केशार सुनुवार, ओङडा शेर्पा र विर्ष राई रहेका छन् भने कोषाध्यक्षमा पेम्बा शेर्पा, सहकोषाध्यक्षमा निर्मला परियार लगायत रहेको जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य खेम राज खड्काले जानकारी दिए । नव समायोजित समितिका पदाधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि तथा जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य पर्शुराम खापुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

समाजवादी ट्रेड यूनियन महासंघ बालकुमारी ललितपुरमा भएको समायोजन कार्यक्रममा प्रदेश नं. १ का मूख्य सचिव प्रभुराम श्रेष्ठ, केन्द्रीय सदस्यहरु नवराज गुरुङ, देवराज राई, प्रदेश सदस्यहरु, प्रदेश सम्पर्क समितिका इन्चार्ज र अध्यक्षहरु लगायत नेताहरु सहभागि थिए ।

कार्यक्रममा बोल्दै प्रदेश सदस्य तथा ओखलढुंगा जिल्ला इन्चार्ज शान्त घतानी (प्रदीप) ले जनताको कोरोनाले मरिरहेको बेला सरकार मन्दिर बनाउने तिर लागेको उल्टो दिशातिर हिँडेको आरोप लगाए । उनले भने ‘जनता न्यूनतम स्वास्थ्य सुविधा पाउन नसकेर मरिरहेका छन्, सरकार भने बेहोस भएपछि मात्रै अस्पताल आउनू भन्छन् ।’ शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा बढ्दो व्यापारिकरणले बर्तमान दुई तिहाइको कम्यूनिष्ट सरकार पतित भइरहेको आरोप लगाउँदै नेता घतानीले अघि भने ‘भ्रष्टाचार, घुसखोरी, परिवारतन्त्र फस्टाउने सरकारको विकल्प खोज्ने वेलामा जनता समाजवादी पार्टी बैकल्पीक शक्तिको रुपमा उदायको छ ।’ चर्चित कालकार तथा युवा नेता गम्बु शेर्पाले माटो सुहाउँदो र निष्ठाको राजनीति जनता समाजवादी पार्टीबाट मात्रै संभावना रहेकोले यसमा गोलबद्ध हुन आह्वान गरे ।

त्यस्तै, अर्को अतिथि देवराज राईले वर्तमान सरकार जनताको पक्षमा काम गर्न नभई अपराधतन्त्रको संरक्षण गर्ने र स्वदेशी मुद्रा विदेशमा थन्काउन उद्त रहेको आरोप लगाए । त्यस्तको विकल्पमा आफूहरु वैकल्पीक राजनैतिक शक्तिको रुपमा आएको उनले दाबी गरे । अर्को बक्ता प्रभुराम श्रेष्ठले पुराना पार्टीहरुले फैलाएको विकृति र राजनैतिक कुसंस्कारको अन्त्यको लागि जनता समाजवादी पार्टीले अभियान थाल्ने र अहिलेका युवाहरुले राजनीतिलाई बुझेकाले परिवर्तन नजिक आफूहरु पुगेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि खापुङले कांग्रेस र एमाले नामले फरक भएपनि कार्यशैलीले समान रहेको दाबी गरे । ‘दुई पार्टी कुनै बेला एक भए अचम्म मान्नु पर्दैन किनकी यो पार्टी रुपमा फरक देखिएपनि सारमा उही छ । यि दुईले देशलाई कयौं बर्ष उठ्न नसक्नेगरी भड्खलोमा हालेको छ ।’ नेता खापुङले भने ‘अब यी पुराना शक्तिबाट परिवर्तन हुन्छ, समृद्धी आउँछ र पहिचान प्राप्त गर्नु भनेको गधाको सिङ आउँछ भन्ने जस्तै हो ।’

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार