‘डिम्पलवाली’ मोडल करिश्माकी ७ हट तस्वीर

Facebook Debugger

काठमाडौं । नेपाली मोडल करिश्मा ढकालको चर्चा सामाजिक संजालमा दिनप्रतिदिन चर्चाको शिखर चुम्ने क्रममा छ । उनले अभिनय गरेका विभिन्न म्युजिक भिडियो अहिलेसम्म एक हजारभन्दा बढी बाहिरिसकेका छन् । अहिलेकी चर्चित र व्यस्त मोडलको रुपमा उनको निकै चर्चा रहेको छ ।

‘कलाकारिताप्रति सानैदेखि रुचि राखेकि करिश्मा स्कुलका कार्यक्रममा नाच्ने, पुरस्कार जित्ने गर्थें,’ करिश्मा भन्छिन्, ‘पहिलोपटक अंकल अन्टीले ‘सेल्फी सेल्फी’ बोलको तीज गीतमा नाच्ने मौका दिनुभयो ।

त्यहीँबाट मेरो करिअर सुरु भयो ।’ करिश्माले पहिलो भिडियोको गीत वसन्त थापा र लक्ष्मी मल्लले गाएका थिए भने श्रीकृष्ण बम मल्लको शब्द थियो । त्यो तीज गीत निकै चलेपछि उनको डिमान्ड बढ्न थाल्यो ।

करिश्मा ढकाल भर्खर २० वर्ष पुगिन् । ५ वर्ष अघिमात्रै मोडलिङ क्षेत्रमा प्रवेश गरेकी करिश्माले आजको दिनसम्म एकहजार बढी म्युजीक भिडियोमा अभिनय गरिसकेकी छिन् । सुरुवातका केहि महिना व्यस्तता कम भएता पनि आफ्नो व्यस्तता बढ्न थालेको साढे ४ वर्ष पुगेको बताउँछिन् ।

‘दिनमा तीनवटा सम्म म्युजीक भिडियोमा नृत्य गरेकी छु, विशेषगरी तीज पर्वको बेलामा अत्यधिक व्यस्त भइन्छ, यो सबै दर्शकहरुको माया हो’ करिश्माले भनिन् । उनी विशेषगरी लोक तथा दोहोरी गीतको म्युजीक भिडियोमा व्यस्त देखिन्छिन् । हजार म्युजीक भिडियोमा मोडलिङ गर्दा दुईदर्जन आधुनिक गीतको भिडियोमा अभिनय गर्ने मौका मिलेको करिश्मा बताउँछिन् । ‘मलाई लोकगीतको भिडियोमा बढी दर्शकले मन पराएको कारणले होला, एकपछि अर्को अफर लोक गीतकै भिडियोमा आउँछ ।’ करिश्मा भन्छिन् ‘बढी नाँच्ने गीतमै अफर आउँछन् ।’

हँसिली अनुहार र मिलेको ज्यान भएकाले करिश्मालाई दर्शकले एकपछि अर्को भिडियोमा हँसिलो भएको हेर्ने चाहाना राखे । त्यसैले निर्माता तथा निर्देशकहरु सकेसम्म उनलाई ‘स्याड गीत’मा अभिनय गराउँदैनन् । ‘हामी कलाकारले यो गीत गर्छु, यो गर्दिन भन्नु भन्दा पनि दर्शकले कस्तो रुपमा आफूलाई हेर्दै आउनु भएको छ त्यहि अनुसार निर्देशकहरुबाट अफर आउँछ’ करिश्माले भनिन् ।

गोरखा २ मुच्चोक स्थाथीघर भएकी करिश्मा पछिल्लो समय महिनामा २० दिनभन्दा बढी सुटिङमै हुन्छिन् । घरको पुर्णरुपमा साथ भएकाले आफूलाई सफलता मिलेको बताउँछिन् । ‘घरमा बाबा र ममी दुबैजनाले मेरो कामको सपोर्ट गर्नुहुन्छ, त्यसैले पनि आज यहाँसम्म छु, आफ्नो काममा घरपरिवारको साथ निकै ठुलो हुनेरहेछ’ करिश्माले भनिन् ।

उनले अभिनय गरेका म्युजीक भिडियोहरु मध्ये ‘उही खोलीको पानी, सेल्फी–सेल्फी, झुमा, सालको पात हे माया, दारु सड्काउँला’ लगायतका गीत दर्शकमाझ बढी चिनिएका गीत हुन् । उनले अभिनय गरेका गीत बिशेषगरी सुदुरपश्चिम क्षेत्रमा लोकप्रिय भएको पाइन्छ ।

करिश्माले ५ वर्षको अवधिमा थुप्रै अवार्ड पनि हातपार्न सफल भएकी छिन् । ओएस नेपाल म्युजीक अवार्ड, नेपाल म्युजीक अवार्ड, सुन्दरादेवी अवार्ड, बिन्दाबासिनी अवार्ड, लोकदोहोरी म्युजीक अवार्ड र सगरमाथा म्युजीक अवार्डमा उत्कृष्ट मोडलको अवार्ड हात पारेकी छिन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार