भारतीय गुप्तचरको भ्रमणलाई सरकारले ‘‘गोप्य राख्यो

Facebook Debugger

काठमाडौं । मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले नेपाली नागरिक उड्यन मन्त्रालयसँग कूटनीतिक उडानका लागि अनुमति माग्यो ।

कोभिडका कारण नेपाल र भारतका वीचमा नियमित उडान नभएका कारण सो अनुमति मागिएको थियो । सो प्रस्ताव तुरुन्तै परराष्ट्र मन्त्रालयमा पुग्यो ।


सो प्रस्तावका सम्बन्धमा मन्त्रालयमा केहीबेर छलफल भयो । तर, कूटनीतिक उडानका लागि अनुमति नदिने कुरै थिएन, मन्त्रालयले तुरुन्तै अनुमति दियो ।

उसो त भारतले केही समयदेखि नियमित उडानको मागसमेत गर्दै आइरहेको थियो । कूटनीतिक अनुमति पाएको भारतीय उडान बुधबार मध्यान्ह त्रिभुवन विमानस्थलमा ओर्लियो । सो उडानमा भारतका को–को कूटनीतिज्ञहरु आएका थिए भन्ने विषयमा उडानको अनुमति दिने परराष्ट्र मन्त्रालयलाई केही जानकारी छैन ।

समाचार स्रोतका अनुसार भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० का प्रमुख सामन्तकुमार गोयलको नेतृत्वमा ९ सदस्यीय टोली बुधबार एयरफोर्समार्फत काठमाडौं आएको हो । तर, रक्षा मन्त्रालयसमेत प्रधानमन्त्री ओलीले नै सम्हालेका बेला भारतीय गुप्तचरको यो भ्रमणलाई सरकारले ‘गोप्य’ राखेको छ ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार