कृष्णपुरको जंगलमा १ किशोरीसहित ३ जनाको शव फेला !

Facebook Debugger

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ मालुमेलास्थित जङ्गलमा शनिबार विहान २ जनाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका-११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीया सीता साउदको शव भेटिएको हो ।

दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्कबाहिर रहेको र शनिबार विहान जङ्गलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

प्रवक्ता थापाका अनुसार घटनास्थल नजिकै सल्फास नामक विषादीको बट्टा पनि फेला परेको छ ।

घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले कोलीको शव सडिसकेको अवस्थामा भेटिएको जनाएको छ ।

त्यसैगरी कञ्चनपुरको महाकाली नदीमा शनिबार विहान भीमदत्त नगरपालिका-६ का २३ वर्षीय सरोज चौधरीको शव भेटिएको छ । गत मङ्गलबार साथीहरुसँग दोधारा चाँदनी झोलुङ्गे पुल घुम्न गएका बेला नुहाउने क्रममा चौधरी बेपत्ता भएका थिए ।

झोलुङ्गे पुलबाट करिब दुई सय मिटर दक्षिणमा चौधरीको शव भेटिएको थापाले बताए । उनीहरु बेपत्ता भएपछि प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटे पनि चौधरीको अवस्था पत्ता लगाउन सकेका थिएनन् ।

शनिबार विहान भने नदीमा माछा मार्ने क्रममा शव भेटिएको हो । प्रहरीले आवश्यक कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तको जिम्मा लगाउने जनाएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार