८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026

नक्कली भुटानी शरणार्थी प्रकरणः प्रधानमन्त्री भन्छन् ‘यो त ट्रेलर मात्रै हो अब सिंगो फिल्म देखिन्छ’ [भिडियोसहित]



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरु खुल्दै जाने बताएका छन् ।

शनिवार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अब भ्रष्टाचारका ठूला फाइलहरु खुल्दै जाने बतााएका हुन् ।

उनले कुनैपनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने उलल्ख गरे । उनले अहिलेको नेपालीलाई भूटानी शरणार्थी बनाइ बेच्ने कुरा ट्रेलर मात्रै रहेको उल्लेख गर्दै पूरा फिल्म देख्न बाँकी रहेको बताए । उनले अब आफूहरुलाई ठूला घेराबन्दी र दबाबहरु आउनसक्ने भन्दै उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवि जनसमुदाय साथमा भएसम्म कसैले केही गर्न नसक्ने बताए ।

उनले भने, ‘मैले घोषणा गरेको थिएँ, अब भ्रष्टाचारीहरुको फाइल खोलिन्छ, कुनैपनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया शुरु भएको छ । यो शुरुवात मात्रै हो । यो ट्रेलर मात्रै हो, हेर्दै जानुस्, सिंगै फिल्म देखिन्छ । सिंगै फिल्म देखिनेवाला छ । त्यसपछि पक्कै पनि ठूला घेराबन्दी होलान्, ठूला दबाबहरु आउलान्, धम्कीहरु होलान्, धेरै चिजहरु हुनसक्छ, यो बीचमा तर हाम्रो उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवि जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी दबाब र धम्कीको सामना गरिनेछ । म लगायत केही नेता साथीहरु माईतीघर मण्डलाको चिसो पिच बाटोमा पलेँटी कसेर बसेका थियौँ । धेरै थिएनौँ । त्यतिबेला सरकारमा हुनेहरुले र अहिले भूटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने मान्छे मध्येकाहरुले बडो व्यंग्य गरेर चिसोमा प्रचण्डको हालतमा हेरत भन्थे, माओवादी कमजोर भएको छ, ३२ सिटे हाम्रो नामाकरण भएको छ, हामी फेरि एक पटक गर्जियौँ भने बहुमतमा हामी पुग्छौँ ।’

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस।

https://youtu.be/lnoGV86TvTs

 

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  १२ : ५६ बजे