कुर्ता सुरुवालमा डान्सर तेरिया [फोटोफिचर]

Facebook Debugger

काठमाडौं । डान्सर तेरिया मगरले कुर्ता सुरूवालमा सजिएको तस्वीर सामाजिक संजालमा सेयर गरेकी छिन् । भारतीय टेलिभिनजन डान्स इन्डिया डान्सबाट चर्चामा आएकी डान्सर, नायिका तेरिया फौजामगर पछिल्लो समय चर्चमा रहिरहने सेलिब्रेटी हुन् ।

डान्स इन्डिया डान्सले नेपाली र भारतीय दर्शकमाझ लोकप्रिय बनायो तेरियालाई । रुपन्देहीमा जन्मेकी तेरिया लामो समय आफ्नो करिअरका लागि मुम्बईमा बसिन् । केहि समय पहिले उनी एक नेपाली चलचित्रमा अभिनय गर्ने खबर पनि बाहिर आएको थियो । पछि उनले आफूले फिल्ममा अभिनय गर्न नलागेको बताएकी थिइन् ।

क्युट तेरियालाई फ्यानले सामाजिक सञ्जालमा निकै पछ्याईरहेका छन् । इन्स्टाग्राममा पनि उनी निकै सक्रिय छिन् । कहिलेकाहीँ इन्स्टाग्राममा लाइभ आएर उनी फ्यानसँग कुराकानी पनि गर्छिन् । इन्स्टामा उनले विभिन्न तस्वीर तथा भिडियो शेयर गर्ने गरेकी छिन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार