अबदेखि बढी भाडा लिए ५ हजार जरिवाना !

Facebook Debugger

काठमाडौँ । काठमाडौं उपत्यकामा बन्दाबन्दी अगाडिको भाडादर कायम गर्न ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । बढी भाडा लिने चालकलाई ५ हजार रूपैयाँसम्म जरिवाना गर्न लिने थालेको छ ।

लकडाउनका बेला सरकारले सिट क्षमताभन्दा ५० प्रतिशत कम यात्रु बोक्न दिँदा भाडा भने ठीक ५० प्रतिशत बढाउन लगाएको थियो ।

साउन २५ गते यता भने लकडाउन छैन । सार्वजनिक सवारी साधनहरूले सिट क्षमता अनुसार यात्रु बोक्न पाउने अवस्था छ ।

तर, भाडा भने लकडाउनकै बेलामा जसरी ५० प्रतिशत बढी लिने गरेको गुनासोको आधारमा चेकिङलाई तीव्रता दिँदै हरेक सार्वजनिक सवारीमा पुरानो भाडादर राख्न लगाउने र बढी भाडा लिनेलाई कारबाही थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादवले बताए ।

उनले अब यात्रुवाहक हरेक सवारीसाधनमा चालकले भाडादरको विवरण अनिवार्य राख्नुपर्ने बताए । नराखिए कारबाही गरिने उनको चेतावनी छ ।

यसअघि शुक्रबारमात्रै बढी भाडा लिने र भाडादर नटाँस्ने ४ सय २९ वटा सवारीसाधनलाई कारबाही गरिएको उनले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार