हराएको मोबाइलबाट यसरी हटाउन सकिन्छ पर्सनल फोटो

Facebook Debugger

काठमाडौँ । मोबाइल हराएमा तपाईँ हामीलाई अर्को खरिद गर्नु पर्ने चिन्ताले मात्र सताउँदै । हराएको मोबाइलमा भएका फोटो, भिडियोसहितका डाटा कसैले दुरूपयोग गर्दिने हो कि भन्ने चिन्ताले पनि खुबै सताउँछ ।

यदि तपाईंको फोन कतै चोरी भएको छ र तपाईंको व्यक्तिगत फोटोहरू र भिडियोहरू यसमा छन् भने पनि अब तपाईं आत्तिनु पर्दैन । हराएको मोबाइलमा भएका फोटो, भिडियोसहितका डाटा तपाईँ आफैँले डिलिट गरिदिन सक्नु हुन्छ । जसका लागि तपाईले निम्त तरिका अपनाउन जरूरी छ ।

यस्तो छ तरिकाः

तपाईँले हराएको मोबाइलका फाइल हटाउनका लागि सबैभन्दा पहिला तपाईको कम्प्युटर वा अन्य मोबाइलमा सर्वप्रथम त इन्टरनेटको जरूरत हुन्छ । यदी इन्टरनेट छैन भने त्यो काम असम्भव छ । अर्थात आधारभूत सर्त नै इन्टरनेट हो ।

अब सबैभन्दा पहिले आफ्नो कम्प्युटर वा अन्य फोनमा इन्टरनेट ब्राउजर खोल्नुहोस् ।

यहाँ तपाईले हराएको फोन खोज्न https://www.google.com/android/find टाइप गर्नुपर्नेछ ।

अब तपाईले त्यहाँ आफ्नो जीमेल आईडीबाट लगइन गर्नु पर्छ जुन हराएको वा चोरी भएको तपाईँको स्मार्टफोनमा पनि राख्नु भएको छ ।

त्यहाँ तपाईले प्ले साउन्ड, सिक्योर डिभाइस र ईरेज डिभाइसको तीनवटा विकल्प देख्नुहुनेछ ।

सो फोनको डाटा मेटाउन अब तपाईंले (ERASE DEVICE) इरेज डिभाइसमा क्लिक गर्नुहोस् ।

एकचोटि अझै क्लिक गरेपछि तपाईले त्यसमा जीमेल पासवर्ड पुन राख्नुपर्नेछ ।

यदि इन्टरनेट तपाईंको सो फोन इन्टरनेटमा कनेक्ट छ भने तपाईंले आफ्नो सबै डाटा मेटाउन सक्नुहुन्छ । यसबाट तपाईँको तनाव कम हुन्छ । हराएको फोन नै नभेटिए पनि कोही दुष्ट व्यक्तिले त्यसका डाटा दुरूपयोग गर्नबाट जोगाउन सकिन्छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार