कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या १ लाख २२ हजार नाघ्यो

Facebook Debugger

एजेन्सी । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या १ लाख २२ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ४ सय ६८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २२ हजार १ सय ४९ पुगेको छ ।

यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८१ लाख ८२ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४६ हजार ७ सय १५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८१ लाख ८२ हजार ८ सय ८१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७४ लाख ८९ हजार २ सय ३ जना संक्रमणमुक्त भएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार