पर्यटन व्यवसायी शेर्पा र राईले चढे लोबुचे हिमाल

Facebook Debugger

सोलुखुम्बु । वाङ्छु पिक प्रोमोसनका निर्देशक लाक्पा शेर्पा र राईको ब्राण्डका संस्थापक विनोदमणी राईको टोलीले लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेका छन् ।

कार्तिक १३ गते बिहान १० बजे शेर्पा र राईको टोली ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमालको सफलतापूर्वक आरोहण गरेका हुन् ।

वाङ्छु पिक प्रोमोसनका प्रबन्धक निर्देशक शेर्पाको नेतृत्वमा आरोहणका लागि गएको टोलीमा राईको ब्रान्डका संस्थापक राई र पर्वतारोही रिञ्जि शेर्पासहित ३ जनाको टोलीले सफलता पूर्वक लोबुचे हिमाल आरोहण गरेको राईको ब्राण्डका संस्थापक विनोदमणी राईले बताए ।

आन्तरिक पर्यटकहरुलाई हिमाल चढ्न प्रोत्साहन गर्नको लागि हिमाल आरोहण गरेको राईको ब्राण्डका संस्थापक राईले बताए । ‘आन्तरिक पर्यटकहरुलाई पनि हिमाल चढ्न उत्साह होस भनेर हामीले खुम्बु क्षेत्रमा भएको लोबुचे हिमालको आरोहण गरेका हौं,’ राईले भने, ‘यस्तो महामारीको बेला बाह्य देशको पर्यटकको भर पर्नुभन्दा आफ्नै देशको आन्तरिक पर्यटकहरुलाई व्यवस्थापन गर्न सके थोरै भएपनि नेपाली पर्यटन क्षेत्रलाई लयमा फर्काउन सकिन्छ ।’

राईको ब्राण्डले हिमाल आरोहणमा प्रयोग हुने आवश्यक सामग्रीहरु उपलब्ध गराउदै आएको छ । झनै द नर्थफेस लगायत अन्य ब्राण्डका सिल्पीङ ब्याग र डाउन ज्याकेटको नक्कली लोगो प्रयोगमा रोक लागेपछि राईको ब्राण्डले आरोहण क्षेत्रको बजार लिएको छ ।

तस्वीर सौजन्य: विनोदमणी राई ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार