कांग्रेस भन्छ बोलाइहालौं संसदको विशेष अधिवेसन, नेकपामा द्विविधा

Facebook Debugger

काठमाडौं । चाडबाडको बीचमा राजनीतिक सरगर्मी बढेसँगै तत्काल संसदको हिउँदे अधिवेशन बोलाउनुपर्ने आवाज उठ्न थालेको छ । सत्तापक्षदेखि प्रतिपक्षसम्ममा यो विषयले औपचारिक तथा अनौपचारिक प्रवेश पाएको हो ।

गत १४ असोजमा कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रीय पदाधिकारी र केही नेताहरूको बैठकले विशेष अधिवेशन माग गरेको थियो । तत्काल संसदको अधिवेशन बोलाउनुपर्ने पक्षमा कांग्रेससंगै जनता समाजवादी पार्टी ९जसपा० पनि उभियो । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा भने दुईथरी मत रहेको छ ।

गत १८ असारमा संसदको वर्षे अधिवेशन अन्त्य भएको थियो । लामो समयसम्म संसद नहुँदा सरकारले मनपरी गर्न थालेको भन्दै विपक्षी दलहरूले संसद बैठकको माग गरेका हुन् । गत वर्ष हिउँदे अधिवेशन ३ पुसमा सुरु भएको थियो । नियमित रुपमा जाँदा यस वर्ष पनि पुषमै अधिवेशन सुरु हुन्छ ।

दुई अधिवेसनबीचको अन्तराल ६ महिना पुर्‍याउन नहुने कानूनी प्रावधान छ । त्यसअनुसार सरकारले आगामी पुस दोस्रो सातासम्म अधिवेशन आह्वान गर्न सिफारिस गर्नुपर्ने हुन्छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

सरकारले अधिवेशन आह्वानको सिफारिस नगरे एक चौथाईको समर्थन जुटाएर अगाडि बढ्ने योजनामा कांग्रेस छ । तर, यो विषयमा कांग्रेसले औपचारिक रुपमा कुनै प्रक्रिया अगाडि बढाइसकेको भने छैन ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँणले संसद बोलाउने विषयमा सरकार गम्भीर नभए कांग्रेसले प्रक्रिया सुरु गर्ने बताए । त्यसका लागि अन्य दलहरुसँग समेत छलफल चलिरहेको उनले जानकारी दिए ।

‘संसदको विशेष अधिवेशन बोलाउनेबारे पार्टीभित्र छलफल भइरहेको छ । हामीले नै एक चौथाई पुर्‍याएर बोलाउने प्रक्रियाका विषयमा पनि छलफल गरिरहेका छौं ’ खाँण भन्छन्, ‘अन्य दलहरुसँग पनि छलफल चलेको छ । सरकार गम्भीर भएन भने छठपछि प्रक्रियाका विषयमा थप छलफल भएर अगाडि बढ्छौं ।’

 

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार