वाम्बुले राई भाषाको २२औं कविता प्रतियोगिता’ अनलाइन भर्चुअल माध्यमबाट

Facebook Debugger

काठमाडौ । वाम्बुले राई भाषाको २२औं वर्षको कविता प्रतियोगिता अनलाइन भर्चुवालमाध्मबाट हुने वाम्बुलेराई केन्दि«य समाज बरिष्ठ उपाध्यक्ष प्रतियोगिता संयोजक,कान्तिपुरकर्मी गणेश राईले प्रेस विज्ञेप्ती मार्फत जानकारी गराएका हुन् ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ झाप्पा गाउँमा हुने भनिएको प्रतियोगिता तथा गोष्ठी कोभिड–१९ को कारण भौतिक रूपमा कार्यक्रम गर्न सम्भव नभएपछि अनलाइन माध्यमबाट सम्पन्न गर्ने निर्णय भएको हो ।

सो प्रतियोगिता वाम्बुले राई समाज, नेपाल ९वाम्रास०को २३औं स्थापना दिवसको अवसरमा २०७७ मंसिर २० गते गरिने छ । ‘वाम्बुले राई भाषाको २२औं कविता प्रतियोगिता’ अनलाइन ९भर्चुअल० माध्यमबाट सम्पन्न गर्ने निर्णय भएको जानकारी गराउन चाहन्छौं,’ वाम्रास केन्द्रीय कार्यसमितिका उपाध्यक्ष तथा कविता प्रतियोगिताका संयोजक पत्रकार गणेश वाम्बुले राईले विज्ञप्तिमा भनेका छन्, ‘देश विदेशमा रहेर वाम्बुले राई मातृभाषा साहित्य सिर्जनामा लागी पर्नु हुने स्रष्टाहरूलाई प्रतियोगितामा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं ।’

वाम्बुले राई भाषाको कविता गोष्ठी २०५५ सालदेखि ओखलढुंगा, खोटाङ र उदयपुर जिल्लामा आयोजना गरिदैआएको थियो । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार वाम्बुले भाषा बोल्नेको संख्या १३ हजार ४ सय ७२ जना रहेको छ । यसअघि प्रथम पुरस्कार विजेता र लिब्जु–भुम्जु पुरस्कार प्राप्त कविहरू अप्रतियोगी रहने जनाइएको छ ।

प्रतियोगितामा वाम्बुले भाषा बोल्न, लेख्न, पढ्न जान्ने जोसुकैले सहभागी हुन पाउने छन् । कविता बढीमा १५० शब्दमा हुनुपर्ने र सो कविता वाचनसहित भिडियो रेकर्ड गरेर पठाउनु पर्ने जनाइएको छ । ‘कविताको विषय किराती ९वाम्बुले० भाषा, संस्कार, संस्कृति, परम्परा, पर्यावरण, विश्व परिवेश जनाउन सकिने छ भने कुनै जात, जाति, धर्म, सम्प्रदायप्रति आँच नपुग्ने रचना हुनुपर्नेछ,’ भनिएको छ, ‘कविता रचना लिखित र वाचन गरिएको भिडियो खिचेर २०७७ मंसिर ५ गतेभित्र आयोजक संस्थामा पेश गरिसक्नु पर्नेछ ।’

उक्त प्रतियोगितामा विजयी कविहरू क्रमशः प्रथम १० हजार, द्वितीय ६ हजार, तृतीय ४ हजार तथा सान्त्वना दुईजनालाई २-२ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । प्रतियोगितामा विजयी र सहभागी कविहरूलाई अनुकुल समयमा वाम्रास संस्थाले औपचारिक कार्यक्रम गरी प्रमाण–पत्र तथा पुरस्कार प्रदान गर्ने जनाइएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार