प्रहरी हिरासतमा पूर्वसभासद् आङटावा शेर्पा कसरी भए घाइते ?

0 Shares

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा मुछिएपछि जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका पूर्वसभासद् आङटावा शेर्पा घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा राखिएका उनी घाइते भएपछि प्रहरीले वीर अस्पताल पुर्‍याएको छ । अस्पतालमा उनको प्रारम्भिक उपचार गराएर प्रहरीले फेरि उनलाई टेकुमा ल्याएको छ । उनको टाउकोमा ७ वटा टाँका लगाएको छोरा आङनिमा शेर्पाले बताए ।

‘बुबा भर्ना हुनुभएको थाहा पाएपछि अस्पताल गएको थिएँ, डाक्टरले औषधि ल्याउन भनेको थियो । लिएर फर्किन नपाई प्रहरीले फेरि टेकु लगेछ’, उनले भने, ‘हिजो सद्धे अवस्थामा आफैं कानुनको सम्मान गर्दै बुझ्न जानुभएको बुबालाई आज नाजुक अवस्थामा देखेँ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार