मोडल रियाषा र बद्रीको फिचरमा ‘प्रेमिका’ सार्वजनिक [भिडियोसहित]

Facebook Debugger

काठमाडौं । डान्स स्टुडियो ‘डी वाक’को निर्माणमा बनेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक प्रताप दास र गायिका एन्जिला रेग्मीको आवाज र मिस्टर आरजेको र्यापमा सजिएको गीत ‘प्रेमिका’मा डी. पी. खनालको शब्द र भिम बि. सी.को संगीत रहेको छ ।

बद्री बिस्ट र रियाषा दाहालको मुख्य अभिनय तथा नृत्य रहेको भिडियोमा डी. वाक र नेपाली ठिटोज टिमले साथ दिएका छन ।

बद्री बिस्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

युवाहरुले मनपराउने विभिन्न नृत्यहरुमा म्युजिक भिडियो बनाइरहेको भिडियो निर्माता डी. वाकले म्युजिक भिडियोलाइ पनि पहिलाको भिडियोहरुलाई जस्तै युवायुवतीहरुले मन पराउने विश्वास लिएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार