बझाङमा हिमपहिरोमा परेर ३ जना बेपत्ता, २ जना घाइते

  सगरमाथा अनलाईन
140 Shares

काठमाडौं । बझाङमा हिमपहिरोमा ३ जना बेपत्ता भएका छन्, २ जना घाइते छन् ।

आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा ३ जना बेपत्ता र २ जना घाइते भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले बताए ।

अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको उनले जानकारी दिए । तर घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लाग्ने उनको भनाइ छ ।

डीएसपी भण्डारीका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा र सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन । उनीहरु यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेको जानकारी आएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार