बलिउड नायिका ऐश्वर्य राय ४७ वर्षमा पनि उस्तै सौन्दर्य ! [फोटोफिचर]

Facebook Debugger

एजेन्सी । उमेरले ४७ वर्षकी भइन् ऐश्वर्य राय वच्चन । उनी एक छोरीकी आमा हुन् ।

यद्यपि यो उमेरमा पनि उनको चमक उस्तै छ, जस्तो कि वैंशालु उमेरमा थियो । उनी आफ्नो सौन्दर्य र स्वास्थ्यका लागि निकै सर्तक छिन् । भनिन्छ, ऐश्वर्यको सौन्दर्यको राज उनले जीउने प्राकृतिक जीवनशैली नै हो ।

ऐश्वर्य प्राकृतिक खानपानमा रुची राख्छिन् । तारेको भोजन, जंक फूड, प्याकेज्ड फूड, अल्कोहल, धुमपान आदि सेवन गर्दिनन् । नियमित रुपले जिम जान्छिन् । हिँड्न रुचाउँछिन् । पावर योगा गर्छिन् । दैनिक करिब ४५ मिनेट योग गर्छिन् ।

त्यसो त ऐश्वर्यको सौन्दर्य र फिटनेसमा उनको खानपानले पनि खास भूमिका खेलेको छ ।

ऐश्वर्य आफ्नो दिनको सुरुवात एक गिलास मनतातो पानी र मह वा कागतीबाट गर्छिन् । मनतातो पानीमा मह र कागती मिसाएर सेवन गर्दा हाम्रो शरीरको मोटोपन कम हुन्छ । साथै यसले छालामा पनि निदार ल्याउँछ ।

ऐश्वर्य नास्तामा ब्राउन ब्रेड र ओट्स प्रयोग गर्छिन् । यसका साथै उनले एक गिलास दुध पनि लिने गरेकी छिन् ।

ऐश्वर्यले हरेक दुई घण्टामा केहि न केहि खाएकै हुन्छ । यद्यपी यसका लागि उनले फल र नट्स प्रयोग गर्छिन् ।

उनी आफ्नो लन्चमा उसिनेको सब्जी सेवन गर्छिन् । यसको फाइदा के छ भने, उसिनेको सब्जीमा सबै पोषक तत्व सुरक्षित हुन्छ जो सजिलै पच्छ । त्यतीमात्र होइन, यसमा फ्याट पनि कम हुन्छ । यसका साथै उनले दाल र चिया पनि सेवन गर्ने गरेकी छिन् ।

ऐश्वर्य आफ्नो डिनरमा ब्राउन राइस खान्छिन् । यतिबेला उनलाई ग्रिल्ड फिस पनि चाहिन्छ । कहिले कहिं मेंगलोरियन फिश करी वा चिकन करी पनि खाने गर्छिन् ।

ऐश्वर्य दिनभरमा आठ गिलास पानी पिउने गर्छिन् । यसले गर्दा शरीरमा पानीको अभाव हुन पाउँदैन साथै छाला पनि हायड्रेट रहन्छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार